नेपाली सेना र भिमदत्त नगरपालिकाले गरे बालउद्यानको निर्माण

नेपाली सेना र भिमदत्त नगरपालिकाले गरे बालउद्यानको निर्माण

असार २६,कंचनपुर ।
नेपाली सेना र भिमदत्त नगरपालिकाले संयुक्त लगानीमा बालउद्यान निर्माण गरेका छ्न । भिमदत्त नगरपालिका स्थित वडा नम्बर १६ परखेडीमा रहेको सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त उद्यान निर्माण गरिएको हो । उद्यानमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको देवीदल गणको  २५ लाख र भीमदत्त नगरपालिकाको २० लाख गरि ४५ लाख लागत रहेको छ । 
उक्त उद्यानलाइ सेनाले शुक्रबार एक कार्यक्रमको आयोजना गरि विद्यालयलाई हस्तान्तरण गरेको छ।कार्यक्रममा बोल्दै देवीदल गणका गणपति राजु बस्न्यातले सेनाले निर्माण जिम्मेवारि लिएको बालउद्यान निमार्ण सम्पन्न पछि हस्तान्तरण गरिएको बताए । उनले भने " हामीले निर्माण गर्ने जिम्मेवारी पाएका थियौ समयमै निर्माण सप्पन्न गरि हस्तान्तरण गर्न पाउँदा म हर्षित  भएको छु ।"
सरस्वती माध्यमिक विद्यालय परखेडीको विद्यालय व्यवस्थापन समितिले २०७६ साल श्रावणमा नेपाली सेना र भीमदत्त नगरपालिकासँग समन्वय गरेर विद्यालयको एक विगाहा क्षेत्रफलमा विद्यालयको लागि सहयोग स्वरुप बालउद्यान निर्माण गर्ने योजना बनाएको थियो ।
उक्त कार्यक्रममा सेनाले वाल उद्यान निमार्णमा सहयोग गर्ने स्थानिय सरकार तथा स्थानियको महत्वपुर्ण सहयोग भन्दै प्रशसंनिय कार्य भएको जनाएको छ । आउँदा दिनमा पनि सेनाले यस्तै आम नागरिक माझ सहकार्य गरेर थप कार्यक्रम गर्दै जाने सेनाले जनाएको छ ।  बस्न्यातले थपे, “ स्टेस्नरी, खेलकुद, मेडिकल क्याम्प, लगायत अरु क्षेत्रमा सहयोग गरिएपनि बालउद्यान निमार्णमा भने अहिले सम्मकै ठूलो र पहिलो कार्यक्रम हो ।” गणपति बस्न्यातका अनुसार , गएको गणले अहिले सम्म सेनाले आफ्नै मेडिकल क्याम्प खडा गरेर समय समयमा झण्डै ५ लाख बराबरको औषधी निशुल्क वितरण सहित उत्तिकै सङ्ख्यामा बिरामीको निशुल्क उपचार पनि गरेको थियो ।
सेनाले यसअघि पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रहरुमा समाजिक सहयोगी भूमिका खेल्दै आएको छ ।
यस्तै वाल उद्यानमा घेरवार, गेट, खेलौना, माटो भरान, ग्रावेल, रोलिङ, वाटरिङ र गोलभर बनाउने लगायतका काम सम्पन्न भएका छन्  भने  शौचालय, खानेपानी, पालेघर निमार्ण गर्ने, र वृक्षारोपण गर्ने कार्य चाडै निर्माण गरिने छ्न ।

भिमदत्त नगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष सुरेन्द्र बिष्टको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा सुदुरपश्चिम प्रदेश सुदुर पश्चिम पृतनाका पृतनापती उपरथी निर्मल कुमार थापा प्रमुख अतिथी रहेका थिए । श्री न.२५ वाहिनी भगतपुरका वाहिनिपती शंकर बहादुर पण्डित विशिष्ट अतिथी रहेको उक्त कार्यक्रममा सुदुर पश्चिम विश्वविधालयका इन्जिनियरिङ संकायका डिन किसनदत्त भट्ट,शुक्लाफाटा राष्ट्रिय निकुञ्ज मझगाउका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्याल, विधालयका प्रधानाध्यापक डबल बहादुर बिष्ट,विधालय व्यवस्थापन समितीका अध्यक्ष रतन बहादुर धानुक,होटल व्यवशायी  संघ कंचनपुरका अध्यक्ष प्रमानन्द भण्डारी,राष्ट्रिय प्रकृति संरक्षण कोष चादमारीका कार्यालय प्रमुख राज निरौला,शुक्लाफाटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितीका अध्यक्ष लव बिष्ट, सोहि विधालयका पुर्व प्रधानाध्यापक वेदप्रकाश भट्ट, पुर्व वन अधिकृत रमेश चन्द,बालउद्यान निर्माण उपभोक्ता समितीका अध्यक्ष डिल्ली राज पनेरु,पदम कन्स्ट्रक्सनका प्रोप्राइटर पदम राज भट्ट अतिथी रहेका थिए । 
विधालयका प्रधानाध्यापक डबल बहादुर बिष्टले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन "हाम्रो शुक्लाफाटा राम्रो शुक्लाफाटा"का अभियान्ता राजेन्द्र बहादुर चन्दले गरेका थिए ।