एनसेलको नयाँ योजना : फ्रि प्लस वाइफाइ सेवाको लागि बुकिङ खुला

एनसेलको नयाँ योजना : फ्रि प्लस वाइफाइ सेवाको लागि बुकिङ खुला

एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत वायर फ्रि प्लस वाइफाइ सेवाको लागि बुकिङ खुला गरेको छ ।

एनसेललले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुवै प्रयोजनका लागि गुणस्तरिय र भरपर्दो विभिन्न आकर्षक सेवाको बन्डलिङ सहित वायरफ्रिप्लस वाइफाइ ल्याउन लागेको जनाएको छ ।

यो सेवाअन्तर्गत ग्राहकले प्रत्येक सिममा ५ जिबी डेटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स लगायतका प्याकेज लिन सक्ने कम्पनीले जनाएको छ ।

प्याकेजको समय सीमा अनुसार ग्राहकले एक पटक मात्र ५००, २,५०० वा ३,५०० तिर्नु पर्दछ । ४ सय २० दिनको समयसिमा रहेको प्याकेजको हकमा शुल्क छुट गरिएको कम्पनीले जनाएको छ ।

यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुने कम्पनीले उल्लेख गरेको छ ।