ह्युमानीटी फाउन्डेसनद्धारा मल्लेसीका पहिरो पिडीतलाई राहात वितरण

ह्युमानीटी फाउन्डेसनद्धारा मल्लेसीका पहिरो पिडीतलाई राहात वितरण

बझाङ : ह्युमानिटी फाउन्डेसन नेपालले बझाङको केदारस्युँ गाँउपालिका वडा नं ८ मल्लेसीका पहिरो पिडीतलाई राहात वितरण गरेको छ । जहा विपत्ति त्यहा“ ह्युमानिटी फाउण्डेसन भन्ने नाराका साथ स्थापना गरिएको फाउण्डेसनले मल्लेसीको पहिरोमा परेर विस्ताविपत भएका २० घरपरिवार र आशिंक क्षति भएका २ गरी २२ घरपरिवालाई राहात वितरण गरेको हो ।

ह्युमानिटी फाउण्डेसन नेपालका बझाङ प्रतिनिधि तथा कान्तिपुरकर्मी वसन्तप्रताप सिंहले शनिवार दिउसो वडा नम्बर ८ का अध्यक्ष गणेश बोहरा मार्फत पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेका हुन् ।

फाउण्डेसनले पहिरोबाट विस्थापित भएका प्रति परिवार एक क्विन्टलका दरले चामल, ५ किलो दाल ३ लिटर खाने तेल, ३ किलो नुन प्रति परिवार पा“च जनालाई एक÷एक ब्रस, टुथपेष्ट,नुहाउने र कपडाधुने सावुन बितरण गरेको हो ।

गत साता मल्लेसीमा आएको पहिरोमा परि विस्थापित भएका घरपरिवार विद्यालय र गोठमा आश्रय लिइरहेको र पीडित परिवारलाई छाक टार्न समस्या भएको जानकारी पाएपछि फाउण्डेसनले राहत सामग्री वितरण गरेको हो ।

यसअघि कोरोना भाईरस अर्थात कोभिड १९ का कारण भारतबाट स्वदेश फर्केका २६ हजार भन्दा नेपालीलाई सीमामा क्षेत्रमा निशुल्क खाना वितरण गर्नुका साथै कोरोनाको परीक्षण प्रभावकारी बनाउन डडेल्धुरा अस्पतालका लागी पीसीआर मेसिन समेत खरिद गरेको थियो ।