धुम्रपान गर्नुहुन्छ ? बच्चाहरुमा देखिन सक्छ यस्तो समस्या

धुम्रपान गर्नुहुन्छ ? बच्चाहरुमा देखिन सक्छ यस्तो समस्या

धुम्रपान नगर्ने वयस्क मानिसको बालापन धुम्रपान गर्ने अभिभावकका साथमा बितेको छ भने फोक्सोको गम्भीर समस्या देखिनसक्ने एक अध्ययनले देखाएको छ ।

अमेरिकी शोधकर्ताहरुले गरेको अध्ययनमा विश्वभर एक वर्षमा एक लाख वयस्क मानिसहरुको ज्यान जाने गरेकोमा सात जनाको ज्यान भने बालापनमा धुम्रपान गर्ने अभिभावकहरुसँग हुर्केको कारण उत्पन्न भएको समस्याको कारण जाने गरेको पाइएको हो ।

विज्ञहरुले धुम्रपान छाड्नुभन्दा पनि बच्चाहरुलाई धुम्रपानबाट बचाउनु सबैभन्दा राम्रो उपाय रहेको बताएका छन् । अनुसन्धानको क्रममा धुम्रपान गर्ने अभिभावकहरुसँग बसेका वयस्क मानिसहरुमा अन्य धेरै किसिमको रोगको पनि समस्या देखिएको थियो ।

प्रत्येक साता १० घण्टा वा सोभन्दा बढी समयसम्म धुम्रपान गर्ने मानिसहरुको समीपमा बस्नेहरुमा मुटुको रोग लाग्नसक्ने सम्भावना २७ प्रतिशत र फोक्सोको रोगले आक्रमण गर्ने सम्भावना ४२ प्रतिशत बढी हुने गरेको अध्ययनले देखाएको हो ।  

अमेरिकी जर्नल अफ प्रिभेन्टिभ मेडिसिनले गरेको अध्ययनको क्रममा सहभागीहरुलाई आफ्नो जीवनकालमा धुम्रपान गरेको विषयमा प्रश्न गरिएको थियो । अनुसन्धानकर्ताहरुले अहिलेको विवरणले अभिभावकहरुलाई बच्चाहरुलाई बचाउनका लागि घरभन्दा बाहिर गएर मात्र धुम्रपान गर्न अभिभावकहरुलाई सुझाएको बताएका छन् ।

अनुसन्धानकर्ताहरुले धुम्रपान छाड्नु सबैका लागि राम्रो भए पनि बालबालिका भएका अभिभावकहरुका लागि भने निकै महत्वपूर्ण रहेको बताएका छन् ।