के कोरोनाले संक्रमितकाे मुटुमा पनि असर गर्छ? यस्ताे छ अध्ययनकाे निष्कर्ष

के कोरोनाले संक्रमितकाे मुटुमा पनि असर गर्छ? यस्ताे छ अध्ययनकाे निष्कर्ष

कोरोना भाइरसले संक्रमितको मुटुलाई पनि असर गर्ने गरेको संकेत देखिएको छ। बेलायतको एडिनबरा विश्वविद्यालयको एक अध्ययन टोलीले संक्रमितको मुटुमा कोरोना भाइरसको असर पर्ने गरेको संकेत फेला परेका हुन्।

एडिनबरा विश्वविद्यालयको यो टोलीले ६९ देशका १ हजार २ सय संक्रमितमा अध्ययन गरेको थियो, जसमा आधाभन्दा बढी संक्रमितको मुटुमा असामान्य असर देखा परेको पाइएको थियो।  जबकि १५ प्रतिशत संक्रमितमा गम्भीर हृदय रोग देखा परे।

यो अध्ययनमा कोभिड-१९ को गम्भीर संक्रमण बनेका पीडितलाई मात्र समावेश गरिएको थियो। यो अध्ययनका प्रमुख शोधकर्ता प्राध्यापक मार्क ड्वेक यो अध्ययनको नतिजाका कारण संक्रमितको रेखदेख गर्न सहयोग पुग्ने विश्वास गर्छन्।