बझाङमा हेलीकप्टर बाट सुत्केरी महिलाको उद्धार

बझाङमा हेलीकप्टर बाट सुत्केरी महिलाको उद्धार

बझाङ : बझाङको साईपाल गाँउपालिकाकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । साईपाल गाँउपालिका वडा नम्बर १ का संगविर धामीकी श्रीमती माता देवी धामीको थप उपचारका लागि हेलिकप्टर चार्टर गरेर कोहलपुर मेडीकल कलेज नेपालगञ्ज पठाइएको हो ।

धलौन सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुख रविन्द्र बोहराका अनुसार माता देवी धामीले असार ३० गते समय नपुग्दै मृत शिशुलाई जन्म दिएकी थिईन ।

तीन दिन सम्म सालनाल नआएको र अत्याधिक रक्तश्राव भई अवस्था जटिल भए पछि थप उपचारका लागी गाँउपालिकाका अध्यक्ष धामीको पहलमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।