धनगढी उप महानगरपालिकाको कवाड टेण्डरमा अनियमितता भएको आशंका

धनगढी उप महानगरपालिकाको कवाड टेण्डरमा अनियमितता भएको आशंका

धनगढी उप महानगरपालिकाले खोलेको कवाड टेण्डरमा अनियमितता भएको आशंका गरिएको छ । कवाड संकलनका लागी ठेकेदारहरुलाई टेण्डर हाल्न आवह्वान गरिएपनि आफ्ना मान्छेलाई दिनेगरी अरुलाई टेण्डर खरिद गर्न समेत नदिएको आरोप लागेको छ । 
गत असार २५ गते आवह्वान गरिएको टेण्डरको अन्तिम समय साउन १ गते १२ बजेसम्म थियो । असार ३१ गते भुमिराज विल्डर्स र भागेश्वरी कन्सट्रक्सनलाई टेण्डर खरिद गर्नै नदिएर साउन १ गते एकलौटी ढंगले राम जानकी कन्सट्रक्सनलाई टेण्डर खरिद गर्न दिएको भागेश्वरी कन्सट्रक्सनका कर्मचारी हेमन्त सुनारले बताए । असार ३१ गते टेण्डर खरिदका लागी कार्यालय प्रमुखबाट स्वूकृत गरी दर्ता समेत गरिसकेपनि राम जानकि कन्सट्रक्सनका सञ्चालक र उपमहानगरका कर्मचारीले टेण्डरनै खरिद गर्न नदिएको उनले बताए । 
टेण्डर खरिदका लागी प्रतिस्प्रधा गराउनुपर्नेमा उप महानगरका जनप्रतिनिधी र कर्मचारीको मिलोमतोमा एउटालाई मात्रै पार्नेगरी टेण्डर खरिद गर्न नगाइएको भुमिराज विल्डर्सका सञ्चालक योगेन्द्र चन्दले बताए । टेण्डर प्रतिस्प्रधामा गराउनुपर्नेमा उप महानगरपालिकाले आर्थिक लोभमा परेर एक जनालाई मात्रै टेण्डर खरिद गर्न दिएको उनले बताए । 
तर उप महानगरका प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटाले भने खरिदका लागी आएका कुनै निबेदन नरोकेको दावी गरे । 
कवाड उठाउनका लागी उपमहानगरले ८१ लाखको टेण्डर आवह्वान गरेको थियो । सो टेण्डर साउन १ गते दिउँसो २ बजे सार्वजनिक गरिनुपर्नेमा हालसम्म खोलिएको छैन । उप महानगरले बिभिन्न बाहाना बनाउँदै छलफल गर्ने भनिरहेपनि टेण्डर प्रक्रियामा अनियमितता भएको भुमिराज विल्डर्सका सञ्चालक चन्दको दावी छ ।