कञ्चनपुर : बिहिवार कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका १० मा देखिएको सलहको झुन्ड आज शुक्लाफाँटा नगरपालिकामा प्रवेश गरेको छ ।
आज बिहानै देखि वडा नम्बर १२ लगाएतका आसपासका क्षेत्रमा हजारौको संख्यामा सलहको झुण्ड देखा परेको त्यहाँका स्थानीय सुमन हरिश खत्रीले बताए ।
उनका उनुसार ठुलो मात्रामा खेतबारीमा सलहको झुण्ड पसेपछि खेतमा लगाएको धान समेत नष्ठ गरेको जनाएको छ । यसरी वर्षभरिको लागी खानको लागी रोपेको धान सखाप पारेभरि यस बर्ष भोकमरी हुने किसानहरुले बताए छन ।
सलहको झुण्ड तस्वीरहरु :