बझाङका स्थानिय तहमा आर्थिक अनियमितता बढदै १२ स्थानिय तहको ४६ करोड बढी बेरुजु

बझाङका स्थानिय तहमा आर्थिक अनियमितता बढदै १२ स्थानिय तहको ४६ करोड बढी बेरुजु

बझाङ : बझाङका स्थानीय तहहरुमा हरेक बर्ष बेरुजु रकम बढदै गएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार विगतका आर्थिक बर्ष भन्दा पछिल्ला आर्थिक बर्षमा बेरुजु बढ्दो क्रममा रहेको छ ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५७ बार्षिक प्रतिवेदन अनुसार बझाङका १२ स्थानिय तहको ४६ करोड भन्दा बढी बेरुजु देखिएको छ । महालेखा परिक्षकको बार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा ४६ करोड ७९ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

आर्थिक बर्ष २०७५÷७६ मा ११ करोड ६८ लाख ६१ हजार बेरुजु देखिएको बझाका स्थानिय तहमा र्आार्थक बर्ष २०७६÷७७ मा चार गुना बढी बेरुजु देखिएको छ । महालेखा परिक्षकको कार्यालयलले सार्वजनिक गरेको ५७ औँ बार्षिक प्रतिवेदन अनुसार बझाङका १२ वटा स्थानीय तह र मध्ये सबै भन्दा बढी मष्टा गाउँपालिकामा र सबै भन्दा कम केदारस्युँ गाँउपलिकामा बेरुजु देखिएको छ ।

सबै भन्दा बढी बेरुजु देखिएको मष्टा गाँउपलिकामा ६९ करोड ५५ लाख ५२ हजार लेखापरिक्षण रकम मध्ये १८ दशमलव ८० प्रतिशत अर्थात १३ करोड ७ लाख ६३ हजार बेरुजु देखिएको छ । त्यस्तै सबै भन्दा बेरुजु देखिएको केदारस्युँ गाँउपालिकामा ९० करोड ५९ लाख २५ हजार रकमको लेखापरिक्षण भएकोमा ० दशमलव ९९ प्रतिशत अर्थात ८९ लाख ७१ हजार बेरुजु देखिएको छ ।

बुङगल नगरपालिकामा १ अर्ब १४ करोड ४३ लाख ६२ हजार लेखापरिक्षण गरिएको रकम मध्ये ४ करोड ७७ लाख ७३ हजार अर्थात ४ दशमलव १७ प्रतिशत र जयपृथ्वी नगरपालिकामा १ अर्ब ३ करोड ३८ लाख ५९ हजार लेखापरिक्षण रकम मध्ये २ करोड ७७ लाख ५३ हजार अर्थात २ दशमलव ६८ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै दुर्गाथली गाँउपालिकामा ६८ करोड १ लाख ६७ हजार लेखापरिक्षण गरिएको र जसमध्ये ५ करोड २९ लाख ४५ हजार अर्थात ७ दशमलव ७८ प्रतिशत वेरुजु देखिएको छ ।

विथ्डचिर गाँउपालिकामा ८४ करोड २५ लाख ४२ मध्ये ३ करोड ९ लाख ५८ हजार अर्थात ३ दशमलव ६७ प्रतिशत, थलारा गाँउपालिकामा ७८ करोड ६२ लाख ३५ हजार मध्ये १ करोड ५२ लाख ५० हजार अर्थात १ दशमलव ९४ प्रतिशत, छविसपाथीभेरा गाँउपालिकामा ७१ करोड ४१ लाख २३ हजार लेखापरिक्षण रकम मध्ये ३ करोड ८७ लाख ६ हजार अर्थात ५दशमलव ४२ प्रतिशत रकम बेरुजु देखिएको हो ।

खप्तडछान्ना गाँउपालिकामा २ करोड ७५ लाख ५ हजार बेरुजु रहेको छ । कुल लेखापरिक्षण गरिएको ६६ करोड २६ लाख ७२ हजारमा बेरुजु आएको रकम ४ दशमलव १५ प्रतिशत हो । तल्कोट गाँउपालिकामा ४ करोड ३१ लाख ७४ हजार बेरुजु आएको छ । लेखापरिक्षण गरिएको ६३ करोड २ लाख ७ हजारको ६ दशमलव ८५ प्रतिशत हो ।

यस्तै साईपालमा २९ करोड ७५ लाख १९ हजारको लेखापरिक्षण गरिएको मध्ये १४ दशमलव ४७ प्रतिशत अर्थात ४ करोड ३० लाख ६५ हजारबेरुजु छ । र सुर्मा गाँउपालिकामा ४० करोड ९६ लाख ७३ हजार मध्ये ३ दशमलव ६० प्रतिशत अर्थात १ करोड ४७ लाख ४८ हजार बेरुजु देखिएको छ ।