सिचाईँ पोखरीमा डुबेर बझाङमा २ बालकको ज्यान गयो

सिचाईँ पोखरीमा डुबेर बझाङमा २ बालकको ज्यान गयो

बझाङ : बझाङमा सिचाईँ पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तल्कोट गाउँपालिका वडा नं ३ वस्टीका ९ वर्षीय शोभान रोकाया र ८ वर्षीय बालक सर्जन रोकाया रहेका छन ।

आईतबार साँझ साढे ५ बजे तिर सिँचाईका लागी निमार्ण गरिएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका थिए । पोखरीमा डुबेर अवस्था गम्भीर भए पछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।