बझाङ : बझाङमा यस बर्ष पनि विकासका लागी आएको बजेट फ्रिज गएको छ । विगतका बर्ष जस्तै यस बर्ष पनि संघिय सरकार र प्रदेश सरकारको विकास बजेट खर्च हुन नसकेर फिर्ता भएको छ ।
विकासका लागी आएको बजेट समयमै खर्च गर्न नसक्दा बजेट फिर्ता गएको कोष तथा लेखा नियन्त्रण कार्यालय बझाङले जनाएको छ । संघिय सरकारको पुजिगत तर्फको बजेट कार्यान्वयन सन्तोषजनक भए पनि प्रदेश सरकारको बजेट सन्तोषजनक नभएको कोष तथा लेखा नियन्त्रक शेर बहादुर विष्टले बताए ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण भएको बन्दाबन्दीले विकास बजेटको कार्यान्वयनमा प्रभाव परेको उनको भनाई छ । लकडाउनका कारण विकास निमार्णका काममा प्रभावित भएका र विकास बजेट खर्च गर्न नसकिएको हो । संघिय सरकारको जम्मा बजेटको ९४ दशमलव ४७ प्रतिशत र प्रदेश सरकारको ६९ दशमलव ०२ प्रतिशत बजेट खर्च भएको छ ।
संघिय सरकारको जम्मा बार्षिक बजेट ५ अर्ब ३८ करोड ३१ लख २३ हजार ९ सय ७२ मध्ये ५ अर्ब ८ करोड ५४ लाख ९५ हजार ६ सय ३१ रुपैया अर्थात ९४ दशमलव ४७ प्रतिशत बजेट खर्च भएको छ । यस्तै प्रदेश सरकारको जम्मा बार्षिक बजेट १ अर्ब ५६ करोड ७ लाख ३४ हजार ३ सय ९८ रुपैया मध्ये १ अर्ब ७ करोड ७२ लाख ८५ हजार ९ सय २० रुपैया अर्थात ६९ दशमलव ०२ प्रतिशत बजेट खर्च भएको छ ।
संघिय सरकारको चालु तर्फको बजेट मध्ये ९४ दशमलव ८२ प्रतिशत खर्च भएको छ । चालु तर्फको कुल बजेट ४ अर्ब ९१ करोड ९७ लाख २ हजार ३ सय ८० मध्ये २५ करोड ४७ लाख ९९ हजार ६ सय ६ रुपैया कार्यान्वयन गर्न नसकेर फिर्ता गएको छ । पुजिँगत तर्फको कुल बजेट ४५ करोड ३४ लाख २१ ह्जार ५ सय ९२ रुपैया मध्ये ३ करोड २८ लाख २८ हजार ७ सय ६ रुपैया बजेट कार्यान्वयन गर्न नसकेर फिर्ता गएको छ ।
यस्तै प्रदेश तर्फको बजेट पनि फिर्ता गएको छ । जिल्लाका विकासका लागी विनियोजित गरिएको रकम समयमै काम हुन नसक्दा फिर्ता गएको हो । प्रदेश सरकारको चालुतर्फको ७७ करोड ५५ लाख ८० हजार ३ सय ९८ मध्ये ८ करोड ४६ लाख ९३ हजार ५ सय ४२ रुपैया फिर्ता गएको छ । पुजिगत तर्फको ७८ करोड ५१ लख ५४ हजार मध्यै ३८ करोड ६३ लाख ९९ सय हजार ६३ रुपैयाँ मात्र खर्च भएको छ ।
पुजिँगत तर्फको कुल बजेट मध्ये ३९ करोड ८७ लाख ५४ हजार ९ सय ३७ रुपैँया फिर्ता गएको छ । यो कुल बजेटको ५० दशमलव ७९ प्रतिशत हो । सामान्यतया कुल बजेटको ८० प्रतिशत भन्दा माथी भए सन्तोषजनक मानिने भएको भए पनि बझाङमा प्रदेश सरकारको बजेट कम खर्च भएको कोष तथा लेखा नियन्त्रक विष्टले बताए ।