एउटै नाममा २ बढी सिमकार्ड भए बन्द हुने

एउटै नाममा २ बढी सिमकार्ड भए बन्द हुने

एउटै व्यत्तिले एउटै सेवाप्रदायक कम्पनीको दुई भन्दा बढी सिमकार्ड प्रयोग गर्न नपाइने भएको छ। अव आफुले प्रयोग गर्ने एउटा मात्र सिमकार्ड छनौट गरी प्रयोग गर्नु पर्ने भएको हो।

अरुको नामको सिमकार्ड प्रयोग गरेको भए जुनसुकै समयमा बन्द हुन सक्ने भएकाले आफ्नो नाममा नामसारी गर्नु पर्ने नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ। गत असार १२ गते बसेको प्राधिकरण बोर्ड बैठकले एक व्यक्तिको नाममा एउटा सेवा प्रदायकको दुईभन्दा बढी सिमकार्ड हुने नहुने निर्णय लिएको थियो ।

सोही निर्णयको आधारमा असार १४ गेत सेवा प्रदायकलाई नियामकले दुईभन्दा बढी सिमकार्ड नहुने व्यवस्था गर्न निर्देशन दिएको हो । उक्त निर्देशनको कार्यानव्यन पक्षलाई लिएर अहिले प्राधिकरणले पुनः सेवा प्रदायकलाई अर्को पत्र पठाएको छ ।

प्राधिकरणले गत असर २९ गते सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा बढी सिमकार्ड भए नभएको यकिन गर्नुपर्ने र यदि त्यस्तो भएको खण्डमा सम्बन्धित व्यक्तिलाई जानकारी दिनुपर्ने भन्दै अर्को निर्देशन जारी गरेको हो ।