गुगलले ल्यायो भिडियो सहितको नयाँ किनमेल एप

गुगलले ल्यायो भिडियो सहितको नयाँ किनमेल एप

 गुगलले किनमेल सम्बन्धी नयाँ एप ल्याएको छ । नयाँ एपमा केही अत्याधुनिक प्रयोगहरु गर्न थालिएको छ । यसले मानव जीवनलाई धेरै सहज बनाउने निर्माताहरुको विश्वास छ । गुगलले सपलुप नाम दिएको यो एप निर्माणमा संलग्न टोलीका सदस्यहरुले उपभोक्ता र बिक्रेताहरुका लागि नयाँ ठाउँ बन्ने दाबी गरेका छन् । 
 
नयाँ एपमा बिक्रीका लागि राखिएको सामग्रीहरुको बारेमा जानकारी दिनेगरी बढीमा ९० सेकेन्डको भिडियो पनि हेर्न पाइने व्यवस्था गरिएको छ । सपलुपका महाप्रबन्धक लक्स पुजारीले एपमा राखिएको भिडियोले उपभोक्तालाई पसलमै गएर सामान हेरेजस्तो अनुभूति गराउने विश्वास व्यक्त गरे ।