बझाङको खप्तडछान्नामा स्थानियहरु विच झडप हुँदा २ जना घाईते

बझाङको खप्तडछान्नामा स्थानियहरु विच झडप हुँदा २ जना घाईते

बझाङ : बझाङको खप्तड छान्ना गाउँपालीकामा दुइ गाउँका स्थानिय विच झडप हुदाँ २ जना घाइते भएका छन । घाईते हुनेमा वडा नं ३ कि वडा सदस्य सुपारी रावल र छान्ना प्रहरी चौकीका असई राम बहादुर वम्म रहेका छन ।

वडा नं ३ मेल्तडिका धिरज रोकाया र वडा नं ४ माझीँ गाउँका आचल रोकायाको पहिले देखि नै सामाजिक संजालमा गालि गलौज हुने गरेको थियो । दुवै जनाको घरायसी र सामाजिक संजालमा भएको गालीगलौचका कारण भटना हुन पुगेको हो ।

माझीँ गाउँका बासिन्दा खानेपानी  आयोजनाको काम गर्न मेलतडि गएका बेला मेलतडि बासिहरुले ढुंगामुडा गरे पछि दुवै गाँउका स्थानिय विच झडप भएको प्रहरीले जनाएको छ । 

गाउँलेहरुले दोहोरो ढुंगामुणा गरे पछि वडा सदस्य सुपारी रावलको ढाड र टाउँको चोट लागेको छ भने असइ राम बहादुर बम्मको हातमा चोट लागेको छान्ना प्रहरी चौकिले जनाएको छ । घाइते दुबै जनाको मेलतडि स्वास्थ्य चौकिमा उपचार भैरहेको छ ।

गाँउमै छलफल गर्न नमानेर घटनाले उग्ररुप लिँदा जिल्ला पठाउने तयारि रहेको छान्ना प्रहरी चौकीका असई राम बहादुर बम्मले बताए ।