कोरोनाका बीच अमेरिकामा तुफानको कहर, ‘हाई अलर्ट’ जारी

कोरोनाका बीच अमेरिकामा तुफानको कहर, ‘हाई अलर्ट’ जारी

कोरोनाको प्रकोपले विश्वकै सबैभन्दा प्रभावित बनेको देश अमेरिकामा फेरी अर्को संकट उत्पन्न भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना कहरका बीच अमेरिकामा विनाशकारी तुफान आउन लागेको हो ।

तुफानका कारण धेरैको जनजीवन अस्तव्यस्त हुने अनुमान लगाइएको छ । तुफान आउनेबारे चेतावनी दिँदै प्रशासनले हाई अलर्ट जारी गरेको छ । हन्ना र डगलस नामका यी दुई तुफान आउन लागेको बताइएको छ ।

अमेरिकाका लागि यी तुफान विनाशकारी हुन सक्ने भन्दै अमेरिकी प्रशासनले हाई अलर्ट जारी गरेको हो । अमेरिकी मौसम विभागले चेतावनी दिँदै आम नागरिकलाई आफ्नो घरबाट बाहिर ननिस्किनको लागि आग्रह गरेको छ ।

यो तुफान प्रचण्ड श्रेणीको भएको मौसम विभागले जनाएको छ । मौसम विभागले अटलान्टिक महासागरमा उठेको उष्णकटिबन्ध तुफान हन्नाको दर्जा बढाएर शनिवार प्रचण्ड तुफान नामाकरण गरेको छ ।

विभागले तुफान टेक्सास तटको तर्फबाट आईरहेको बताएको छ। जसका कारण भारी वर्षा हुन सक्ने र बवन्डर उठ्न सक्ने खतरा रहेको छ । अर्को तर्फ भने तुफान हरिकन डगलस क्यारेबियाई द्वीपको तर्फबाट तीव्र गतिले अगाडि बढीरहेको छ ।

अमेरिकी राष्ट्रिय तुफान केन्द्रले शनिवार विहान यो जानकारी दिँदै यो तुफानले जमीन क्षेत्रमा धेरै नोक्शान पुर्याउने बताएको छ । किनभने यसको गति बढेर १२० किलोमिटर प्रतिघण्टासम्म पुगेको छ ।