ओपो ५२ स्मार्ट फोन नेपाली बजारमा, मुल्य कति ?

ओपो ५२ स्मार्ट फोन नेपाली बजारमा, मुल्य कति ?

ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ। नेपाली बजारमा सार्वजनकि भएको ह्याण्डसेटको मूल्य २९ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ।

ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दूई रंगमा उपलब्ध गरिएको कम्नपनीले जनाएको छ। फोनको मोटाइ ८.९एमएम र तौल १९२ ग्राम रहेको छ।

फोनमा ६.५ ईञ्च नियो डिस्प्लेको प्रयोग गरिएको छ। ओपो ए५२ मा रियर क्यामेरा एफ १.७ एपर्चर सहितको १२ एमपी र सेकेन्डरी रियर क्यामेरा एफ२.२ सहितको ८एमपी (वाइड) रहेको छ।

साथै फोनमा दुई वटा एफ २.४ एपर्चर सहितको २ एमपी रेजोल्यूशन सेन्सर रहेका छन्।