सेटभित्रै वायरलेस हेडफोन राख्ने स्मार्टफोन ल्याउँदै साओमी

सेटभित्रै वायरलेस हेडफोन राख्ने स्मार्टफोन ल्याउँदै साओमी

पछिल्लो समय स्मार्टफोनको डिजाइन र फिचर्समा निकै परिवर्तन आएको छ। हरेक नयाँ मोडेलमा फोनको डिस्प्लेदेखि क्यामरासम्म परिवर्तन हुने गरेका छन्। 

इन्फिनिटी डिस्प्ले, पप क्यामेरा, पञ्च होल क्यामेरा, धेरै क्षमताको ब्याट्री जस्ता धेरै परिवर्तन स्मार्टफोनमा देखिँदै आएका छन्। यस्तै परिवर्तनका बिच चिनियाँ इलेक्ट्रिकल कम्पनी साओमीले हालसम्म कुनै कम्पनीले बजारमा नल्याएको फिचरसहितको मोबाइल सार्वजनिक गर्ने तयारी गरेको छ।

यो फोनको सबैभन्दा ठूलो विशेषता बिल्ट इन ९फोन भित्रै० वायरलेस हेडफोन हो। साओमीको यो स्मार्टफोन आफैंमा खास मोडल हुनेछ। अब यो मोबाइल किन्दा प्रयोगकर्ताले छुट्टै हेडफोन किन्नु पर्ने छैन। साओमीले यो फोनका लागि हालै पेटेन्ट फाइल गरेको छ।

साओमीको यो फोन किन्दा आउने यो बिल्ट इन हेडफोनलाई छुट्टै चार्जर किन्नु पर्दैन। यो हेडफोनको माथिल्लो र तल्लो भागलाई छुट्याएर चार्ज गर्न सकिन्छा। हेडफोनको तल्लो भागलाई स्मार्टफोनको बडीमा फिट गरेर चार्ज गर्न सकिन्छ। हालसम्म विश्वका कुनै पनि कम्पनीले यस्तो स्मार्टफोन बनाएका छैनन्।