कोरोनाबारे ‘डब्ल्यूएचओ’को चिन्ता, यसो भन्छन् संगठन प्रमुख

कोरोनाबारे ‘डब्ल्यूएचओ’को चिन्ता, यसो भन्छन् संगठन प्रमुख

कोरोना महामारीबाट अहिले सारा विश्व ग्रस्त छ । दिन प्रतिदिन कोरोनाको प्रकोप बढ्दै गईरहेको छ ।अहिलेसम्म कोरोना भाइरसका कारण विश्वमा ६ लाख ५६ हजार ५५० जनाको मृत्यु भईसकेको छ भने १ करोड ६६ लाख ४४ हजार ६९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड २ लाख ३२ हजार ५१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार ५७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा। टेड्रोस अधनोम घेब्रेयससका अनुसार बितेका ६ हप्तामा दुईगुणा कोरोना संक्रमित बढेको छन् ।

टेड्रोसले डब्ल्यूएचओको एक आपत समितिसँगको बैठकमा यस्तो जानकारी दिएका हुन् । जनवरीमा कोरोनालाई वैश्विक महामारी घोषित गरेपछि बसेको यो सबैभन्दा ठूलो बैठक हो । यो बैठकमा कोरोनाको बारेमा समिक्ष गरिएको थियो ।

समिति यसबाट बच्नको लागि विभिन्न सल्लाह दिएको थियो ।