बझाङमा कोरोना संक्रमण बाट एक जनाको मृत्यु

बझाङमा कोरोना संक्रमण बाट एक जनाको मृत्यु


 बझाङ : बझाङको बुङगल नगरपालिकामा कोरोनाका कारण एक वृद्धको निधन भएको छ । बुङ्गल नगरपालिका वडा नं ३ का ६५ वर्षका एक वृद्धको कोरोना बाट निधन भएको हो । असारको अन्तीम तिर घर फर्केका उनी स्वास्थ्यमा कुनै समस्या नदेखिए पछि साउन ६ गते घर पठाईएको थियो ।  कोरोनाको कुनै लक्षण नदेखिए पछि १४ दिन क्वारेन्टाइन राखेर घर पठाइएको थियो । घर फर्केको तिन दिन पछि  अकस्मात स्वास्थ्य समस्या आउँदा उनको मृत्यु भएको थियो ।

मृत्यु पछि स्वाव संकलन गरि पिसीआरका लागी पठाईएको थियो । सोमबार आएको पिसीआर रिपोर्टमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।