टेलिकमले ल्यायो टपअप रिचार्जमा नयाँ व्यवस्था, अब रिचार्ज यसरी गर्नुहोस

टेलिकमले ल्यायो टपअप रिचार्जमा नयाँ व्यवस्था, अब रिचार्ज यसरी गर्नुहोस

नेपाल टेलिकमका विभिन्न सेवाहरुको टप अप (रिचार्ज) गर्न र नयाँ प्रिपेड सिम एक्टिभेट गर्न नयाँ व्यवस्था सुरु गरेको छ। नेपाल टेलिकमका विभिन्न सेवाहरुको टपअप (रिचार्ज) गर्नका लागि युएसएसडी कोड स्टार ४१२ ह्यास प्रयोग गर्न सकिने बनाएको हो।

कम्पनीको जिएसएम मोबाइलबाट स्टार ४१२ ह्यास डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ। त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बरअनुसार छनौट गरी रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। यसबाट आफ्नोमात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ।

कम्पनीले उपलब्ध गराएका जिएसएम सेवा, सिडिएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटिटिएच भ्वाइस सेवा, एफटिटिएच डाटा सेवा, एडिएसएल सेवा, वाइम्याक्स सेवा र सीप सेवाहरुको टपअप (रिचार्ज) युएसएसडी कोड प्रयोग गरी सहज रुपमा गर्न सकिने जनाएको छ।

त्यसैगरी नयाँ सिम सुरु गर्न हाल १४१५ मा कल गरी एफएसी (फस्ट कल एक्याटिभेसन) गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले स्टार १४१५  ह्यास डायल गरी एफएसी गर्न सकिने व्यवस्था मिलाएको टेलिकमले जनाएको छ।