कंचनपुरको बन्दा नदीमा डुबेर १८ महिने बालिकाको मृत्यु

कंचनपुरको बन्दा  नदीमा डुबेर १८ महिने बालिकाको मृत्यु

साउन १३,कंचनपुर।
कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका वाणी भएर बग्ने बन्दा नदिमा डुबेर १८ महिने बालिकाको मृत्यु भएको छ । बन्दा नदीमा डुबेर कृष्णपुर– २ की अमृता थापाको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाका आमाबुवा सुतिरहेका बेला घर नजिकै रहेको बन्दा नदीमा खेल्न गई खेल्दा खेल्दै  नदीमा डुबेको हुनसक्ने ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताएका छ्न।