गर्भमा भएको शिशुमा पनि देखियो कोरोना भाइरस

गर्भमा भएको शिशुमा पनि देखियो कोरोना भाइरस

गर्भमा भएको शिशुमा पनि कोरोना भाइरसको संक्रमण हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ, तर यो सत्य घटना हो । भारतस्थित पुणेको ससून जनरल अस्पतालले एक महिलाको गर्भमा रहेको बच्चामा कोरोना भाइरस पुगेको दावी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पुणेको बीजे मेडिकल कलेज अन्तर्गतको उक्त ससून अस्पतालमा भर्ती भएकी एक गर्भवती महिलालाई डेलिभरी हुनु एक महिना अगाडि रुघा लागेको थियो । डेलिभरीपछि जन्मिएकी उक्त बच्चीमा कोरोना भाइरस संक्रमण रहेको पाइएको हो । मेडिकल टर्ममा यसलाई भर्टिकल ट्रान्समिसन भनिन्छ ।

उपचारपछि अहिले दुवै आमा–छोरी स्वस्थ्य रहेका छन् । अस्पतालका अनुसार बच्चालाई प्लेसेन्टाको माध्यमबाट संक्रमण भएको थियो । भारतमा भर्टिकल ट्रान्समिसनको पहिलो घटना हो । यदि आमा संक्रमित भए कोरोनाको भाइरस गर्भनालबाट प्लेसेन्टामा पुग्ने गर्छ ।