धनगढी : पछिल्लो समय चर्चामा रहेकी गायिका रेखा जोशीको गीत ''कलह” सार्वजनिक भएको छ ।
जोशीको आवाजमा रहेको उक्त गीत उनले आफ्नै युट्युब बाट बजारमा ल्याएकी हुन । बिनोद बाजुरेलिको शब्द संगीत तथा संगीत संयोजनमा तयार भएको गीतमा रेखा जोशीको स्वरमा रहेको छ भने मोडलमा चक्र बम र रेखा जोशी लगायतका व्यक्तिहरुको अभिनय रहेको छ ।
गितको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायाकंन जयन्द्र रावलले गरेका हुन् । यस्तै गीतको म्युजिक भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका हुन् ।
म्युजिक भिडियोमा चक्र बम,रेखा जोशी,गितान्जली बलायर,प्रबेश दाहाल, राजेन्द्र बाजुराली, टेक बुढा, कुमार रन पहेली, प्रेम लगायतका साथीहरुको अभिनय रहेको छ ।