निर्मला हत्याप्रकरण : एसपी विष्टसहित आठजना प्रहरीलाई अदालतले दियो सफाई

निर्मला हत्याप्रकरण  : एसपी विष्टसहित आठजना प्रहरीलाई अदालतले दियो सफाई

असार १५, कंचनपुर ।
कंचनपुरकी  १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा यातना र प्रमाण नष्टको आरोप लागेका  आठजना प्रहरी अधिकारीहरुलाई अदालतले बिहिवार सफाई दिएको छ ।

अनुसन्धानका क्रममा निर्दोष रहेकाहरुलाइ  यातना दिएको कसुर र  निर्मला पन्त हत्या भएका प्रमाणहरु  नष्ट गरेको कसुरमा आठै जना प्रहरीहरु विरुद्ध मुद्दा  परेको थियो । यातना दिएको कुनै प्रमाण फेला नपरेको, स्वास्थ्य जाँच प्रतिवदेनमा पनि  नदेखिएको र प्रमाण नस्ट गर्नु पर्ने कारण नदेखिएकोले  अदालतले सफाई दिएको अदालतका श्रेष्तेदार यदुराज शर्माले बताएका छ्न । 
जिल्ला अदालत कंचनपुरले आज तत्कालीन एसपी दिल्लीराज विष्टसहित आठैजना प्रहरी अधिकारीहरुलाई सफाइ दिएको छ । 
न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले खडक विष्ट वादी रहेको यातना कसुरमा तत्कालीन एसपी दिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरिक्षक एकेन्द्र खड्कालाई निर्दोश ठहर्‍याएको हो भने निर्मलाकी आमा दुर्गादेवी पन्त वादी रहेको सार्वजनिक न्यायविरुद्धको कसुरमा यी चारसहित प्रहरी निरिक्षक जगदीशप्रसाद भट्ट, सईद्वय रामसिंह धामी र हरिसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदले सफाई पाएको जिल्ला अदालतका श्रेष्तेदार  शर्माले बताए ।
प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिप विष्टका दाई खडक विष्टले यतनासम्बन्धी र निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको भन्दै सार्वजनिक न्यायविरुद्धको कसुरमा जिल्ला अदालतमा जाहेरी दिएपछि उनिहरु विरुद्ध मुद्दा दर्ता भएको थियो । यसअघि कंचनपुर जिल्ला अदालतले आठजना प्रहरी अधिकारिलाई धरौटीमा छोडेको थियो ।