हुलाकी सडक निर्माणमा भारतीय एसएसबीको अवरोध कायमै

हुलाकी सडक निर्माणमा भारतीय एसएसबीको अवरोध कायमै

 साउन १६, कंचनपुर । कंचनपुरको दक्षिणी क्षेत्रमा भारतीय एसएसबीको दादागिरि अझै कायमै छ । नेपाल-भारत ३८ नम्बर सिमाक्षेत्रमा भारतीय एसएसबी टोलि हातहतियार सहित नेपाल प्रवेश गरेको हो । बेलौरी नगरपालिका -८ स्थित ३८ नम्बर पिल्लर सहितको करिब १२ सय मिटर नेपाली भुभागलाई स्ट्रिप नक्साका आधारमा भारतले आफ्नो दाबी गर्दै उनिहरु नेपाल प्रवेश गरेका हुन । हुलाकी सडक निर्माण कार्यमा अवरोध गर्न  भारतीय एसएसबीका डिपुटी कमाण्डरसहितको टोली बिहीबार साँझ सीमाभित्र प्रवेश गरेको थियो । बारम्बार सडक निर्माण कार्यमा भारतीय पक्षले  अवरोध दिदैआएपछि सिमा क्षेत्रमा बसोबास गर्दै आएका  जनता विरोधमा उत्रिएका थिए ।

भारतीय एसएसबी बलको पटक-पटककाे यो दादागिरी देखेर त्यहाका बासिन्दा हरु आक्रोशित समेत भएका छ्न । लालपुर्जा समेत रहेको आफ्नै देशको जमिनमा प्रवेश गरि  बेलबेलामा विभिन्न काममा अवरोध गरिरहदा उनिहरु आक्रोशित भएका हुन ।

सशस्त्र प्रहरीका डिएसपी गंगा दत्त पन्त, नेकपाका नेता एवम् अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्ट, काँँग्रेस क्षेत्रीय सभापति गाेपी उपाध्याय सहित स्थानीयहरु विवादित  सिमा क्षेत्रमा पुगेका थिए । आक्रोशित स्थानीयहरु  सबै एकजुट भएर जादा एसएसबीको टोलि त्यहाँबाट फर्किएको थियो ।

अन्तर्राष्ट्रिय सीमा सरोकार समूहका संयोजक  पल्लवराज भट्टले भने  – ‘भारतले दुई देशबीच सम्झौता नभएको स्ट्रिप नक्सा ल्याएर एकतर्फी रुपमा दावी गरिरहेको छ । नेपाल भारत संयुक्त सीमा सर्वे टोलीले वि सं २०५८ देखि २०६३ सम्म कञ्चनपुर जिल्लाको स्ट्रिप नक्सा तयार गरेको थियो ।'
 संयोजक भट्टका अनुसार नेपाल भित्रको आन्तरिक कलहको मौका छोपी नेपाली नापी टोलीले भारततिर भारतीय टोलीसँगै बसेर एकतर्फी रुपमा उनीहरुको दाबी अनुसार स्ट्रिप नक्सा तयार गर्यो । जुन नक्सा अनुसार नेपालको ठूलो भू-भाग भारततिर पर्ने भएको छ ।

त्यसकारण भट्टले नेपाल सरकारका सबै सरोकारवाला मन्त्रालय र संसदीय समितिसँग विवादित सिमा क्षेत्रको स्ट्रिप नक्सा छानविन गरी राष्ट्रप्रति घात गर्ने तत्कालीन नापि टोली प्रमुख मधुरमण मास्के सहितको टोलिमाथि कार्वाही र नक्सा पुनरावलोकनको माग गरेको बताए ।

विज्ञसहितको संसदीय टोली पठाएर छानविन गर्ने र सो नक्सा अनुसारको नापी बन्द गर्ने सरकारले आश्वासन दिदा नापी रोकिएको तर लकडाउनका कारण संसदीय टोली आउन नसकेको बताउदै  अब लकडाउन हटिसकेको र भारतीय पक्षले बारम्बार विवाद गर्दै आइरहेका कारण तत्काल विज्ञसहितको संसदीय अनुगमन टोली पठाएर नक्साबारे टुङ्गो लगाउन नेपाल सरकारको ध्यानाकर्षण गरिएको संयोजक भट्टले बताए ।

अघिल्लो समयमा भएको एसएसबीको अवरोधको बावजुद पनि सशस्त्र प्रहरीका अधिकारी, पूर्व सांसद दिवान सिंह बिष्ट , नेकपाका नेता पल्लव राज भट्ट , नगर प्रमुख पोतिलाल चौधरी , काङ्ग्रेस महाधिवेशन प्रतिनिधि हरेन्द्र सिंह बिष्ट, समाजसेवी एवम् बुद्धिजीवी विवेक लम्साल, हरिचन्द ठकुरी एवम् सराेकारवालाहरुकाे पहल र समन्वयमा सडक निर्माण कम्पनीले निमार्ण कार्य अगाडि बढाएको थियो । निर्माण कम्पनीका ठेकेदार तुलचन्द्र बाेहराले भने जतिसुकै अवरोध र बाधा आएपनी काम गरेरै छाेड्ने बताए ।

सीमा विवादको विषयमा विगतमा तयार पारिएको स्ट्रिप नक्सा पुनरावलोकन गरी कुटनीतिक पहलबाट यसको समाधान गर्नुपर्ने  राजनीतिज्ञ एवं  विज्ञहरुले बताए ।
नेपाल सरकारले सिमा क्षेत्रमा बसोबास गरेकाहरुले भोग्नु परेको समस्यालाई ध्यानमा राखी सिमा विवादको दीर्घकालीन  समाधान खोज्नुपर्ने समेत विज्ञहरुले भनाइ रहेको छ।