बझाङमा घर पठाइएका २७ जनामा कोरोना संक्रमण देखियो

बझाङमा घर पठाइएका २७ जनामा कोरोना संक्रमण देखियो

बझाङमा घर पठाइएका २५ जनामा कोरोना संक्रमण देखियो छ । शुक्रबार केदारस्युँ गाउपालिकाका २५ जना, छबिसपाथिभेरा गाँउपालिकाका १ जना र मष्टा गाँउपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै बझाङमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ सय ९९ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा केदारस्युँ गाउँपालिकाका २५ जना र सेती प्रादेशिक प्रयोगशाला धनगडीमा गरिएको परिक्षणमा छबिसपाथिभेरा गाउँपालिका र मष्टा गाउँपालिकाका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केदारस्युँ गाउँपालिकाका संक्रमितहरु १४ दिन क्वारेन्टाइनमा बसेर पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेर एकहप्ता अगाडी होम क्वारेन्टाइनमा बस्न घर पठाइएको थियो । 

शुक्रबार केदारस्युँ गाँउपालिकाका वडा नम्बर ६ र ७ का  ९ महिला र १६ पुरुष गरी २५ जना, छबिसपाथिभेरा ७ नम्बर ४२ वर्षिय एक पुरुष र मष्टा गापा वडा नम्बर १ का एक पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बझाङका कोरोना फोकल प्रर्सन नारायण जोशीले बताए । कोरोना संक्रमितहरु थपिएसँगै निको हुनेको संख्या पनि क्रमशः बढिरहेको छ । हालसम्म बझाङमा १ सय ६६ जना निको घर फर्किसकेका छन् । बुंगल नगरपालिका ३ का ६५ वर्षीय एक वृद्धको मृत्युपछि कोरोना संक्रमण देखिएको छ भने खप्तडछान्ना गाउँपालिका ७ का एक कोरोना संक्रमित युवकले क्वारेन्टाइनमै आत्महत्या गरेका छन् ।