नौ महिने शिशु सहित बझाङमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

नौ महिने शिशु सहित बझाङमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

शनिवार बझाङमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक प्रयोगशाला धनगडीमा गरिएको पिसीआर परिक्षणमा मष्टा, छविसपाथीभेरा, दुर्गाथली, थलारा गाँउपालिका र जयपृथ्वी नगरपालिकाका २३ जनामा कोरोनाको संक्रमण देखियो छ ।

थलारा गाँउपालिकामा ९ महिने शिशु सहित ३४,२२,१९,१५ बर्षका महिला र १९, ३४,२३, १५ र २१ बर्षका ५ पुरुष गरि १० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै छविसथाथीभेरा गाँउपालिकाका २६ र १८ बर्षका दुई पुरुष र ३५ बर्षका एक महिला गरि  ३ जना, मष्टा गाँउपालिकाका  ६ बर्षकी बालिका र ४ बर्षका बालक, गरि दुई जना, दुर्गाथली गाँउपालिकाका ५ बर्र्षीया बालिका सहित २५ बर्षकी महिला र २२ बर्षका एक पुरुष सहित ३जना र जयपृथ्वी नगरपालिकाका २०, २३, २१, १८ र २२ बर्षका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक प्रयोगशाला धनगडीले जनाएको छ । यो सँगै बझाङमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ सय २२ पुगेको छ ।

यस अघि शुक्रबार केदारस्युँ गाउपालिकाका २५ जना, छबिसपाथिभेरा गाँउपालिकाका १ जना र मष्टा गाँउपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  स्वास्थ्य कार्यालय बझाङका कोरोना फोकल प्रर्सन नारायण जोशीका अनुसार कोरोना संक्रमितहरु थपिएसँगै निको हुनेको संख्या पनि क्रमशः बढिरहेको छ । हाल सम्म बझाङमा १ सय ६६ जना निको घर फर्किसकेका छन् । बुंगल नगरपालिका ३ का ६५ वर्षीय एक वृद्धको मृत्युपछि कोरोना संक्रमण देखिएको छ भने खप्तडछान्ना गाउँपालिका ७ का एक कोरोना संक्रमित युवकले क्वारेन्टाइनमै आत्महत्या गरेका छन्