डडेल्धुरामा टाटासुमो दुर्घटना ८ जना घाईते ३ को अवस्था गम्भीर

डडेल्धुरामा टाटासुमो दुर्घटना ८ जना घाईते ३ को अवस्था गम्भीर

डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्ग अन्र्तगत डडेल्धुराको रातामाटी नजिक टाटासुमो दुर्घटना भएको हो । धनगढी बाट बझाङ तर्फ गई रहेको सुप प्रदेश ०१–००१ ज ११५५ नं. को टाटा सुुमो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

दुर्घटनामा परि ८ जना घाईते भएका छन भने ३ जनाको अवस्था गम्भीर रहेको छ । जिपमा चालक सहित ३ जना महिला र ५ जना पुरुष गरि ८ जना बोकेर बझाङ आउदै गरेको टाटासुमो शनिबार राती ११ बजे अमरगढी नगरपालिका–७ रातामाटीमा दुर्घटना भएको हो । जिप सडक भन्दा करिब १०० मिटर तल खसेको प्रहरीको भनाई छ ।

घाईतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । अन्दाजी १२÷१३ वर्षका २ बालक र १ युवक गरी ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । चालकका अनुसार स्टेरिङले काम गर्न छोडे पछि दुर्घटना भएको बुझिएको छ ।

दुर्घटना बारे थप विवरण आउन बाँकी छ । यसअघि भीमदत्त राजमार्ग अन्र्तगत डडेल्धुराको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक हाइस दुर्घटना हुँदा १७ जना घाईते भएका थिए ।