कोरोनालाई लिएर नयाँ खुलासा ! आठ हप्ता पछि हुन्छ यस्तो असर !

कोरोनालाई लिएर नयाँ खुलासा ! आठ हप्ता पछि हुन्छ यस्तो असर !

कोरोना भाइरसको महामारी दिनदिनै बढ्दै गईरहेको छ । वैज्ञानिकहरु यसको बारेमा दिनदिनै नयाँ नयाँ शोध गरिरहेका छन् । साथै कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् ।

यसैबीच कोरोना भाइरसले हरेक दिन आफ्नो लक्षण बदली रहेको छ । हालै मात्रबेलायतको म्यान्चेस्टरमा गरिएको एक अध्ययनले कोरोनाका कारण सुन्न सक्ने क्षमतामा कमी आउने गरेको पाइएको पत्ता लागेको छ ।

अर्थात् कोरोना भाइरसले बहिरो बनाउन सक्ने शोधबाट पत्ता लागेको हो । ८ मध्ये एकलाई कान सुन्न नसक्ने हुन सक्ने कुरा अध्ययनबाट पत्ता लागेको छ ।

यो शोध १२१ जनामा गरिएको थियो । यूनिभर्सिटी अफ म्यान्चेस्टरका ओडियोलोजिस्टले यसको अध्ययन गरेका थिए । साथै अध्ययनबाट यो कुरा पत्ता लागेको छ कि, संक्रमित बनेको आठ हप्ता पछि सुन्न सक्ने क्षमतामा कमी हुने कुरा पत्ता लागेको छ ।

१२१ जना मध्ये १६ जनाले अस्पतालबाट डिस्चार्ज भएको ८ हप्ता पछि श्रवाणशक्ति कम भएको बताएका थिए, ति मध्ये ८ जना भने सुन्नै नसक्ने भएको शोधमा पत्ता लागेको थियो ।

यस अध्ययनका शोधकर्ता केभिन मुनरोले भने, ‘कोरोनाबाट श्रवणशक्तिमा समस्या भएको पत्ता लागेको छ,विशेषगरेर कानको मध्य भागमा, त्यसैले यसबाट बचेर बसौँ । यसको परिणाम गम्भीर हुन सक्छ ।’