सरकारी डाक्टरले क्लिनिकमा काम गरे कार्वाही (परिपत्र सहित)

सरकारी डाक्टरले क्लिनिकमा काम गरे कार्वाही (परिपत्र सहित)

धनगढी । सरकारी चिकित्सकहरूले निजि क्लिनिकमा काम गर्न नपाउने भएका छन् ।

सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले सरकारसँग अनुमति निलिई निजी अस्पतालमा काम गर्न नपाउने भएका हुन्। 

अनुमति नलिई काम गरेको पाइएमा कारबाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अस्पतालका प्रमुख तथा कार्यकारी चिकीत्सकहरुको हकमा भने पुर्व अनुमतीहरु समेत स्वत खारेज भएको मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ । 

केही दिनअघि गरिएको यो मन्त्रीस्तरीय निर्णयलाई मन्त्रालयले सम्बन्धित सबै निकायहरुलाई परिपत्र गरिसकेको छ।

‘नेपाल सरकारको अस्पतालमा कार्यरत चिचित्सकहरुले निजी अस्पताल, क्लिनिक लगायतको निजी स्वास्थ्य संस्थामा कार्यालय समयबाहेक काम गर्नुपर्दा मन्त्रालयबाट स्वीकृती लिने र सरकारी अस्पतालको नाम तथा पदनाम समेत उल्लेख गरी सञ्चालन गरेको सुनिन आएकाले उक्त कार्य गर्न नपाइने,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको परिपत्रमा उल्लेख छ।

नेपाल मेडिकल काउसिन्लले सरकारी चिकित्सकहरुले निजी अस्पताल तथा क्लिनिकमा काम गरेको सम्बन्धमा अनुगमन गर्ने जनाइएको छ।

मन्त्रालयले नेपाल सरकार र मन्त्रालयको लोगो दातृ निकाय र गैर सरकारी संस्थाहरुबाट सार्वजनिक कार्यक्रम तथा प्रकाशनमा दुरुपयोग गरेको पाइएकाले अब यस्तो प्रयोग गर्दा पूर्व स्वीकृति लिनुपर्ने समेत परिपत्रमा भनेको छ।


धनगढीमा पनि सेति प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्ट डाक्टर हेमराज पाण्डेय सहितका केही डाक्टरहरु क्लिनिकमा विरामी जाचँ गर्दै आएका थिए । यो परिपत्र पछी यस क्षेत्रमा कार्यरत डाक्टरहरुले कसरी कार्य गर्छन त्यो भने हेर्न बाकीँ रहेको छ । सरकारको बजेटमै उल्लेख गरिएको "एक चिकीत्सक, एक स्वास्थ संस्था" को अवधारणा अनुरुप यो व्यवस्था कडाईका साथ लागु गर्न थालिएको मन्त्रालयले जनाएको छ ।