जनता समाजवादी पार्टी नेपालको प्रशिक्षण ११ बजेदेखि शुरु हुँदै

जनता समाजवादी पार्टी नेपालको प्रशिक्षण ११ बजेदेखि शुरु हुँदै

जनता समाजवादी पार्टी नेपाल (जसपा) को बुधबार ११ बजेदेखि प्रशिक्षण सुरु हुँदैछ । नव गठित जनता समाजवादी पार्टी नेपालको पहिलो प्रशिक्षण नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्कुलिङ विभागको सभाहलमा हुने भएको छ ।

बालकुमारीस्थित तुलसीलाल आमात्य प्रतिष्ठानको सभाकक्षमा प्रशिक्षण हुने भएको हो । नेकपाको स्कुलिङ विभाग र विदेश विभागको कार्यालय सोही प्रतिष्ठानमा रहेको छ । स्कुल विभागले पार्टीलाई दिइने प्रशिक्षणहरु त्यहीँबाट सञ्चालन हुने गरेको छ ।

यसअघि जसपा नेपालको प्रशिक्षण पार्टी कार्यालय बालकुमारी हुने भनिएको थियो तर सो पार्टीको ५१ सदस्य कार्यकारिणी समितिको बैठक समाजिक दुरी कायम गरि बसाउन ठाउँ त्यहाँ नपुगेको भन्दै तुलसीलाल अमात्य प्रतिष्ठानमा सारिएको बताइएको छ ।

प्रतिष्ठानले पार्टीका भातृ संगठनहरुले कुनै कार्यक्रम गर्दा हलका लागि चारहजार र पार्टी बाहिरका लागि आठ हजार रुपैयाँ लिँदै आएको छ । जसपा नेपालले पनि दिनको आठ हजार रुपैयाँ तिरेको प्रतिष्ठान स्रोतले जनाएको छ ।