सुदूरपश्चिममा अब सरकारी चिकित्सकले निजी अस्पतालहरुमा काम गर्न नपाउने

सुदूरपश्चिममा अब सरकारी चिकित्सकले निजी अस्पतालहरुमा काम गर्न नपाउने

धनगढी : सुदूरपश्चिममा अब सरकारी चिकित्सकले निजी अस्पतालहरुमा काम गर्न नपाउने भएका छन । प्रदेशको सामाजिक विकास मन्त्रालयले सबै अस्पतालहरुलाई परिपत्र गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई निजि क्लिनिक तथा अस्पतालहरुमा काम नगर्न अनुरोध गरेको हो ।

राष्ट्रिय नीति अनुसार “सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी एक मात्र स्वास्थ्य संस्था रहने, एक चिकित्सक र स्वास्थ्यकर्मी एक संस्था” को अवधारणा लाई कार्यान्वयन गर्न यस प्रदेशका सबै सरकार अस्पतालहरुलाई यस्तो परिपत्र गरेको हो ।

स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काद्धारा जारी पत्रमा “स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका निकायहरु (विभाग, केन्द्र महाशाखा, परिषद, प्रतिष्ठान) तथा संघ, प्रदेश र स्थानीय तहमा संचालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा समेत संस्था प्रमुख र कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका सबैले निजि प्राक्टिस नगर्ने र यदि यस भन्दा अगाडी निजि प्राक्टिस गर्न पूर्व स्वीकृति स्वतः खारेज हु्ने” उल्लेख गरिएको छ ।

यस्तै सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफु कार्यरत सरकारी संस्थाको नाम निजि क्लिनिक तथा अस्पतालमा लेख्न नपाईने उल्लेख गरिएको छ ।