खानेपानी निमार्ण नगरे पछि स्थानियद्धारा सुर्मा गाँउपालिका जोडने ग्रामिण सडक अवरुद्ध

खानेपानी निमार्ण नगरे पछि स्थानियद्धारा सुर्मा गाँउपालिका जोडने ग्रामिण सडक अवरुद्ध

बझाङ : जिल्लाको सुर्मा गााउपालिका वडा नं २ पटुरीका स्थानियले सुर्मा गाँउपालिकाको केन्द्र सम्म जोडने ग्रामिण सडक अवरुद्ध पारेका छन । सडक निमार्णका बेला खानेपानीको मुहान तथा टयाङकिमा क्षति भएको र गाँउपालिकाले खानेपानी निमार्णका लागी वेवास्ता गरे पछि सडक अवरुद्ध गर्नु परेको स्थानियको भनाई छ ।

सडक निमार्ण गर्दा खानेपानीको मुहान तथा टयाङकीमा क्षतिपुगे पछि विसौना,पटुरी र दिपचौरका करिब ६० घरपरिवारलाई खानेपानीको समस्या भएको छ । बर्षातको समयमा अन्य ठाँउमा पनि पानीका मुहान फ्टने भएको भए पनि हिँउद तिर खानेपानीको समस्या हुने गरेको स्थानिय सुन्तली बोहराले बताईन ।

खानेपानी निमार्णका लागी विभिन्न समयमा गाँउपालिका संग माग गरेको भए पनि वेवास्ता गरेको स्थानिय दिलिप बोहराको भनाई छ । उनले भने एक बर्ष अघि लुमण्ड नाउला र लुमण्ड हुदैँ पटुरी जाने ग्रामिण सडक निमार्ण गर्दा गाँउको खानेपानीको मुहान र टयाङकीमा क्षति भएको थियो ।

खानपानीमा क्षति भए पछि हामीले विभिन्न समयमा वडाअध्यक्ष र गाँउपालिकाका अध्यक्ष संग खानेपानी बनाई दिन आग्रह ग¥यौँ । गाँउपालिकाका अध्यक्ष र वडाअध्यक्षले आश्वासन दिने गरेको तर अहिले सम्म कुनै सुनुवाई नगर्दा बाध्य भए र सडक अवरुद्ध गर्नु गरेको हो ।

सडक अवरुद्ध हुँदा सुर्मा क्षेत्रमा चल्ने साना सवारीका साधन चल्न सकेका छैनन् । सवारी चल्न नसक्दा सुर्मा देवि मेला अर्थात विरिजात बाट फकर्ने दर्शनार्थीहरुलाई सास्ती भएको स्थानिय झलक बोहराले बताए । उनले भने ३ दिन देखि सडक अवरुद्ध छ ।

सडक अवरुद्ध हुँदा गाँउपालिका सम्म जान असहज भएको छ । यस विषयमा सुर्मा गाँउपालिकाका अध्यक्ष नर बहादुर बोहराले भने खानेपानी निमार्णका विषयमा वेवास्ता नगरेको र मुहानका विषयमा छलफल भईरहेको बताए ।

खानेपानीका लागी दिर्घकालीन रुपमा चल्ने खानेपानीको मुहानको खोजी भईरहेको र सडक बन्दका विषयमा स्थानिय संग गाँउपालिकाको कार्यालयमा स्थानिय र जनप्रतिनिधिविच छलफल भईरहेको बताए ।