टिकटक र वीच्याट ‘खतरनाक’ भन्दै ट्रम्पले लगाए प्रतिबन्ध

टिकटक र वीच्याट ‘खतरनाक’ भन्दै ट्रम्पले लगाए प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र वीच्याटमा प्रतिबन्ध लगाएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षाका लागि भन्दै प्रतिबन्ध लगाएको यो एप ४५ दिनपछि लागू हुनेछ ।

ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि प्रतिबन्ध लगाउन हस्ताक्षर गरेका छन् । अमेरिकाले देशको सुरक्षाका लागि टिकटकविरुद्ध आक्रामक कदम चाल्नुपर्ने आदेशमा उल्लेख छ ।

माइक्रोसफ्ट अमेरिकामा टिकटकको स्वामित्व किन्न इच्छुक छ ।  राष्ट्रपति ट्रम्पको आदेश पछि माइक्रोसफ्टको यो सम्झौता पूरा गर्न धेरै समय नलाग्ने भएको छ । किनकी ट्रम्पको आदेशपछि उक्त खरिद प्रक्रिया ४५ दिनअगावै सक्नुपर्नेछ ।

अमेरिकी राष्ट्रपतिले आफ्ना दुबै आदेशहरूमा भनेका छन्, ‘सूचना र सञ्चार प्रविधि र सेवाहरूको आपूर्ति श्रृंखला सम्बन्धी राष्ट्रिय आपतकालिनको प्रतिरोध गर्न थप कदम चाल्नु अत्यन्त आवश्यक भएको छ ।’

ट्रम्पले अमेरिकामा चिनियाँ कम्पनीले बनाएको मोबाइल अनुप्रयोगको प्रसारले अमेरिकाको राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति र अर्थव्यवस्था खतरामा रहेको बताएका छन् । ट्रम्पले दुबै एप्सलाई ‘खतरनाक’ भनेका छन् ।

अमेरिकाले टिकटकबाट अमेरिकी प्रयोगकर्ताका विवरणहरू चीनसमक्ष पुग्ने आरोप लगाएको छ । विश्वमा टिकटक प्रयोगकर्ताका संख्या ५० करोड रहेको छ भने अमेरिकामा मात्र ८ करोड प्रयोगकर्ता रहेका छन् ।