बाजुराका पहिरो पिडितलाई साहित्यकार शाहीको पहलमा राहत वितरण

बाजुराका पहिरो पिडितलाई साहित्यकार शाहीको पहलमा राहत वितरण

साउन २३,बाजुरा । वर्षायाम सँगै  खाद्यन्नको अभाव हुने बाजुरा जिल्लाका पहिरो पीडितहरुलाई बुढीगंगा नगरपालिका वडा नं १ अम्कोटकि  साहित्यकार रिता शाहीको पहलमा राहात वितरण गरिएको छ । पहिरोमा परि बुढीगंगा नगरपालिका वडा नं १ अम्कोटका भानुभक्त पाध्यायका छोरा धर्मराज पाध्यायको पहिरोसंगै पुरीएर साउन १४ गते मृत्युु भएको थियो  भने सोही वडाका ज्ञानप्रसाद तिमिल्सेना र नरेन्द्र तिमिल्सेना घाइते भएका थिए ।  साहित्यकार शाहीको पहलमा मृतक धर्मराज पाध्यायका परिवारलाई एक बोरा चामल, तीन लिटर तेल, तीन पिस साबुन र आधा दर्जन बिस्कुट र दुईजना घाइतेलाई पन्ध्र÷पन्ध्र केजी चामल, १÷१ लिटर तेल १÷१ पिस साबुन २÷२ केजी तेल दाल र केही बिस्कुटहरु सहयोग गरिएको हो । 
पहिरो पिडितलाई साहित्यकार शाहीको पहलमा बाजुराको जगन्नाथ गाउँपालिका घर भई हाल कतारमा बस्ने रतन ठकुरीको नेतृत्वमा कतार बस्ने नेपाली र बाजुराका स्थानीय बासिन्दा साहित्यकार शाहीले सहयोग गरेका हुन । सहयोग गर्नेमा हिमाली गाउँपालिका घर भई हाल कतार बस्ने धर्मराज बोहराले ३ हजार २ सय, महेन्द्रनगर घर भई हाल कतार बस्ने एलबी विश्वकर्मा, उदयपुर गाइघाट घर भई हाल कतार बस्ने प्रेम रानामगर र संकलन गरेको रकम आफ्नो व्यक्तिगत चार हजार सहयोग गरी १४ हजार बराबरको राहात वितरण गरेको शाहीले बताईन।
पहिरो पिडीतले विदेशमा रहेकाहरुबाट सहयोग पाउँदा  बाजुराबासीको दुःख देख्ने सहयोगी मनलाई धन्यवाद व्यक्त गरेका छन ।यसअघि पनि बुढीगंगा नगरपालिका केही विपन्न परिवारका स्थानिय र कन्र्सन बाजुराको अनाथ आश्रममा सहयोगी गरिसकेको र आउने दिनहरुमा समेत पिडीतहरुको सहयोगका लागि  कहिल्यै पछाडी नपर्ने समेत साहित्यकार शाहीले बताईन।