कोरोनाको खोप बने पनि ५० प्रतिशत खतरा मात्रै कम गर्ने

कोरोनाको खोप बने पनि ५० प्रतिशत खतरा मात्रै कम गर्ने

अमेरिकी वरिष्ठ महामारी विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले कोरोना भाइरस विरुद्धको खोप बने पनि त्यसले ५० देखि ६० प्रतिशत मात्रै काम गर्ने बताउनुभएको छ ।

टास्क फोर्सका सदस्यसमेत रहेका फाउचीले खोपले कोरोना भाइरस सङ्क्रमित हुन सक्ने खतरा ५० देखि ६० प्रतिशत मात्रै रोक्न सक्ने भन्दै खोप बनेपछि पनि सार्वजनिक स्वास्थ्य सामग्रीको आवश्यकता भइरहने बताउनुभएको हो ।

महामारी नियन्त्रण गर्न खोपमा मात्रै भर पर्न नहुने उहाँको भनाइ छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ह्वाइट हाउसमा कोरोना भाइरस टास्क फोर्स नियुक्त गरे पनि उहाँको सुझावप्रति ट्रम्पले फाउचीको सुझावलाई वेवास्था गर्दै आउनुभएको छ ।

कोरोना भाइरसबाट अमेरिका सबैभन्दा नराम्ररी प्रभावित भएको छ । संसारभर कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड २५ लाख निको भएका छन् भने ७ लाख २४ हजारको ज्यान गएको छ ।