के ‘१० अगस्ट’मा ‘लञ्च’ होला त कोरोनाविरुद्धको विश्वकै पहिलो ‘भ्याक्सीन’ ?

के ‘१० अगस्ट’मा ‘लञ्च’ होला त कोरोनाविरुद्धको विश्वकै पहिलो ‘भ्याक्सीन’ ?

कोरोना भाइरसको महामारी अहिले जताततै व्याप्त छ । कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिरहेका छन् । तर पूर्ण उपलब्धि भने अहिलेसम्म हात लाग्न सकेको छैन ।

यसैबीच कोरोनाविरुद्धको भ्याक्सीन बजारमा ल्यानेमा अहिले होडबाजी नै चलेको छ । रुस, अमेरिका, बेलात, चीन जस्ता देशहरुले कोरोनाविरुद्धको भ्याक्सीन निर्माण गरिरहेका छन् । रुसले त कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनिसकेको र सबै चरणका ट्रायलमा आफू सफल भएको दाबी गरेको छ ।

साथै १० देखि १२ अगस्टसम्मका कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सीन लञ्च गर्ने तयारीमा रुस रहेको छ ।

रुसले १० अगस्टदेखि १५ वा १६ अगस्टका दिन यो भ्याक्सीन लञ्च गरिसक्ने दाबी यस अगाडि नै गरिसकेको थियो । यो भ्याक्सीन गामालेया नेशनल रिसर्च सेन्टर अफ एपीडेमियोलोजीले बनाएको हो ।

रिपोर्टसका अनुसार भ्याक्सीन पहिला रजिस्टर्ड हुनेछ, फेरि एक हप्ता पछि बजारमा उपलब्ध गराइनेछ ।

सबै ट्रायल सफल

स्पूटनिक न्यूजका अनुसार यो भ्याक्सीनले सकारात्मक नतिजा दिएको छ । भ्याक्सीनको सबै ट्रायल सफल भएका छन् ।

ट्रायलमा कसैलाई पनि साइड इफेक्ट भएको छैन । झनै इम्यूनिटी सिस्टम बढाएको छ ।

बुरडेन्को अस्पतालमा भेलेन्टियरलाई टेस्ट गरिएको थियो । गामालेयाका शोधकर्ताहरुले १० अगस्टमा यो भ्याक्सीन सबैलाई उपलब्ध गराउने बताएका छन् । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने रुसको यो भ्याक्सीनमा चिन्ता व्यक्त गरेको छ ।

यो औषधि बनाउँदा नियम पालना नभएको बाएको छ । त्यसैले डब्ल्यूएचओले विश्वास गर्न नसकिने बताएको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा केहि भ्याक्सीन ट्रायल भईरहेका छन् । जसमा ६ वटा भने तेश्रो चरणमा छन् ।

सारा विश्वमा अहिले १६५ वटा भ्याक्सीनमा काम भईरहेको छ । यसैबीच रुसमा कोरोना भाइरसका कारण अहिलेसम्म १४ हजार ७२५ जनाको मृत्यु भएको छ भने ८ लाख ७७ हजार १३५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ६ लाख ८३ हजार ५९२ जना संक्रमण मुक्त भएका छन् भने १ लाख ७८ हजार ८१८ जना उपचाररत छन् । त्यस्तै २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।