कोरोना भाइरसबाट भारतमा १९६ डाक्टरको मृत्यु

कोरोना भाइरसबाट भारतमा १९६ डाक्टरको मृत्यु

भारतमा कोरोना भाइरसका कारण १९६ जना डाक्टरको मृत्यु भएको छ। इन्डियन मेडिकल एसोसिएसनले कोरोनाबाट ज्यान गुमाउने डाक्टरको संख्या २०० पुग्न लागेको जनाएको हो।

एसोसिएसनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फिजिसियन र उनीहरूका परिवारको स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न खुलापत्र लेखेको छ।

आइतबार भारतीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा करिब ६४ हजार नयाँ कोभिड–१९ संक्रमित थपिएर कूल संख्या २१ लाख ५३ हजार १० पुगेको जानकारी दिएको छ। तीमध्ये ६ लाख २८ हाजर ७४७ सक्रिय संक्रमित छन्। 

त्यस्तै, पछिल्लो २४ घण्टामा ८६१ जनाको मृत्यु भएसँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४३ हजार ३७९ पुगेको छ। 

जुन महिनाको मध्यावधिदेखि भारतमा दैनिक करिब ५० हजार नयाँ संक्रमित थपिँदै आएका छन्।