चीनमा देखियो फेरी नयाँ भाइरस, ७ जनाको मृत्यु

चीनमा देखियो फेरी नयाँ भाइरस, ७ जनाको मृत्यु

चिनियाँ चिकित्सकहरूले कोरोनाबाहेकको अर्को एक भाइरस पनि देखिएको भन्दै चेतावनी दिएका छन् ।किर्नोले टोकेर संक्रमण हुने तर मानवबाट मानवमा पनि यो सर्ने विज्ञहरूको कथन छ । 

एसएफटीएस नामको यस भाइरसले चीनको जियाङ्सु र आनहुई प्रान्तमा ६० जना जतिलाई संक्रमित गराइसकेको र तीमध्ये सातजनाको मृत्यु भएको बताइएको छ । 

रोगका लक्षणमा ज्वरो, खोकी, थकान, वाकवाकी लाग्ने तथा बान्ता आउने अनि श्वेत रक्तकोशिकाहरूको कमी पर्छन् । यो नयाँ भाइरस हैन । सन् २००९ मा हुबेइ र हेनान प्रान्तमा किर्नोबाट सर्ने रोग देखिएको थियो र चीनका संक्रामक रोग विशेषज्ञहरूले सन् २०११ मा यसको प्याथोजिन पत्ता लगाएका थिए । 

यस रोगको मृत्युदर १६ देखि ३० प्रतिशतसम्म रहेको चाइना इन्फर्मेसन सिस्टम फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले जनाएको छ । 

संक्रमण शुरूमा किर्नोले टोकेर भए पनि मानिबाट मानवमा सर्ने सम्भावनालाई नकार्न नसकिने झजियाङ विश्वविद्यालय अन्तर्गको एक अस्पतालका चिकित्सक शेङ जिफाङे ग्लोबल टाइम्सलाई बताए । यो रगत वा खकारबाट सर्ने उनको भनाइ छ ।