बाजुराको बुढीगंगामा भीषण बाढी, बस्ती जोखिममा (फोटो फिचर)

बाजुराको बुढीगंगामा भीषण बाढी, बस्ती जोखिममा (फोटो फिचर)

धनगढी ।   बाजुरामा बुढीगंगा नदीमा आएको बाढीले स्थानिय बस्तीहरूमा त्रास देखिएकाे छ । 

बाजुरामा बुढीगंगा नदीमा आएको बाढीले खाेलामा रहेकाे बेलिब्रिज र झोलुङ्गे पुल बगाएको छ ।

 

बाढीले बेलिबिज्र र झोलुङ्गे पुल बगाएपछि स्थानीयलाई आवतजावतमा कठिनाइ भएको छ ।

बाढीले साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलिब्रिज बगाएको हो । बुढीगंगा नदीको बाढीले बाजुराका विभिन्न बस्ती जोखिममा परेका छन् ।

बाढीले घागर, भौनेरा, रापकलगायत तटीय क्षेत्रका बस्तीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

उद्धारका लागि प्रहरी टोली जान सकेको छैन । गएराति जिल्लाबाट खटिएको टोली बडिमालिका नगरपालिका–९ को पहिरोका कारण रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यसअघि गुइगाड खोलामा आएको बाढीसँगैको पहिरोले बुढीगंगा नदी थुनिँदा नदी किनाराका बस्ती जोखिममा परेका थिए ।

तस्वीर- फेसबुकबाट