कहिले सम्म आईसक्छ भारतमा बन्दै गरेको कोरोना भ्याक्सीन, कम्पनीले दियो यस्तो जवाफ !

कहिले सम्म आईसक्छ भारतमा बन्दै गरेको कोरोना भ्याक्सीन, कम्पनीले दियो यस्तो जवाफ !

कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएका छन् । तर पूर्णरुपमा सफलता भने पाउन सकेका छैनन् ।

यसैबीच भारतमा पनि कोरोनाविरुद्धको भ्याक्सीनको ट्रायल जारी रहेको छ । तर भारतको बायोटेकका सीएमडी कृष्णा एल्लाले भनेका छन् कि, उनी भ्याक्सीन लञ्चिङलाई लिएर कुनै दबाबमा छैनन् ।

उनले भने हामी कोरोनाको भ्याक्सीन छिटै बनाउने तयारीमा छौँ, तर अहिल्यै यसको सुरक्षा र क्वालेटीका बारेमा केहि भन्न सक्दैनौँ । हैदराबादमा रहेको भारत बायोटेक भ्इाक्सीनको पहिलो चरणको क्लिनीकल ट्रायल सफल भएर दोश्रो चरणमा प्रवेश भएको छ ।

साथै उनले भारतीय औषधि अमेरिका तथा यूरोपको भन्दा कम नरहेको बताएका छन् । भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ४४ हजार ४९९ जनाको मृत्यु भएको छ भने २२ लाख १७ हजार ६४५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ भने ३ हजार ५०८ जना संक्रमित थपिएका छन् । भारतमा १५ लाख ३६ हजार २५९ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ३६ हजार ८८७ जना उपचाररत छन् । भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।