बन्यो कोरोनाविरुद्धको पहिलो ‘भ्याक्सीन’

बन्यो कोरोनाविरुद्धको पहिलो ‘भ्याक्सीन’

आवश्यक मार्गनिर्देशन पालना नगरेको तथा पूर्ण परीक्षण नभएको आरोपका बावजुद रूसले कोरोना भाइरसको पहिलो भ्याक्सिनको घोषणा गरेको छ।

मस्कोको गामालेया इन्सिटिच्युडले थोरै परीक्षणबाट बनाएको यो भ्याक्सिन प्रयोगमा सुरक्षित, प्रभावशाली र लामो समयसम्म इम्युनिटी बढाउन सक्ने भएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेका छन्। 

पुटिनले मंगलबारको क्याबिनेट बैठकमा आफ्नी एक छोरीमा यो भ्याक्सिनको परीक्षण गरिएको र यसको प्रभाव देखिएको बताए। 

रुसी उपप्रधानमन्त्री टाटयाना गोलिकोभाका अनुसार रुसले अगस्टमा स्वास्थ्कर्मीलाई यो भ्याक्सिनमार्फत उपचार गर्ने र अर्को वर्षको सुरुआतदेखि अत्यधिक मात्रामा यसको प्रयोग गर्ने योजना बनाएको छ।