रुस पछि चीनले बनायो कोरोनाविरुद्धको ‘भ्याक्सीन’, चिनियाँ सैनिकले धमाधम लगाउन थाले खोप !

रुस पछि चीनले बनायो कोरोनाविरुद्धको ‘भ्याक्सीन’, चिनियाँ सैनिकले धमाधम लगाउन थाले खोप !

कोरोनाको महामारीसँग सारा विश्व अहिले लडिरहेको छ । तर कोरोनालाई हराउनको लागि कसारा विश्वका शोधकर्ता तथा वैज्ञानिकहरु अहोरात्र लागि परेका छन् । यसैबीच मंगलवार मात्रै रुसले विश्वकै पहिलो कोरोनाविरुद्धको भ्याक्सीन बनाएको दाबी गरेको छ ।

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्नी छोरीले समेत कोरोना भाइरसको भ्याक्सीन प्रयोग गरेको र रुस विश्वमा कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउने पहिलो देश भएको दाबी गरेका थिए ।

यसैबीच चीनले रुसपछि कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाएको छ । चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाएर आफ्ना सैनिकमा प्रयोग गर्न थालेको बताएको हो । तर चीनमा सार्वजनिक रुपमा भने यस्तो कुनै दाबी आईसकेको छैन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले भ्याक्सीन बनाएर आर्मीमा खोप लगाउने अभियान शुरु गरेको बताइएको छ । रिपोर्टका अनुसार तेश्रो ट्रायल आउनु अगावै सैनिकमा खोप लगाइएको छ ।

चाइना पिपुल्स सेन्टरका डाइरेक्टर एडम नीका अनुसार चिनियाँ सेनासँग जैविक तथा संक्रामक रोगसँग् लड्ने क्षमता छ, त्यसैले नेताहरु सैनिकको फाइदा उठाईरहेका छन् ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार क्यान्सिनो सबैभन्दा अगाडि रहेको छ । चीनको भ्याक्सीनका लागि डाक्टर चेन वेईको तारिफ भईरहेको छ ।

तर कोरोना भ्याक्सीन बनाउनेमा उनको केहि भुमिका छैन, उनले इबोलाको भ्याक्सीन बनाएका थिए । संसरमा ट्रायलको चरणमा रहेका २१ मध्ये ८ भ्याक्सीन चीनमा बनिरहेका छन् ।