बलिउड अभिनेता सञ्जय दत्तलाई क्यान्सर

बलिउड अभिनेता सञ्जय दत्तलाई क्यान्सर

बलिउड अभिनेता सञ्जय दत्तलाई क्यान्सर भएको छ । उनको फोक्सोमा तेस्रो चरणको क्यान्सर देखिएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । 

फोक्सोको क्यान्सर तेस्रो चरणमा पुगेको छ । केही दिनअघि उपचारका लागि कामबाट ब्रेकु लिएको बताएका दत्त शनिबार मुम्बईस्थित लिलावती अस्पताल भर्ना भएका थिए । उनी सोमबार डिस्चार्ज भएका थिए ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । अस्पतालमा उनको पीसीआर परीक्षण भए पनि कोरोना संक्रमण भने नदेखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । परीक्षणका क्रममा उनको फोक्सोमा क्यान्सर देखिएको थियो ।

यसबारे थाहा पाउँदा केही आत्तिए पनि दत्तले आफू निको हुनेमा निश्चिन्त रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनी थप उपचारका लागि अमेरिका गइसकेको भारतीय सञ्‍चारमाध्यमहरुले उल्लेख गरेका छन् ।