नेपोटिज्म बहसको मारमा आलियाको ‘सडक २’, लाइकभन्दा डिसलाइक बढी

नेपोटिज्म बहसको मारमा आलियाको ‘सडक २’, लाइकभन्दा डिसलाइक बढी

हिन्दी फिल्म ‘सडक २’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज (बुधवार) युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा लाइकभन्दा बढी डिसलाइक गरिएको छ ।

मुकेश भट्टले निर्माण गरेको यो फिल्ममा महेश भट्ट र सुह्रिता सेनगुप्ताको कथा लेखन छ । फिल्मलाई महेश भट्टले निर्देशन गरेका हुन् ।

‘सडक २’ भारतमा बहसको विषय बनेको नेपोटिज्मको मारमा परेको छ । होम प्रोडक्सनको फिल्ममा आलिया भट्टको शीर्ष भूमिका छ । त्यसैले पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले आलियालाई गाली गरेका छन् ।

फिल्ममा आलियाका अलावा सञ्जय दत्त, पूजा भट्ट, आदित्य रोय कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ ।

फिल्मको ट्रेलर युट्युबमा रिलिज हुनासाथ लाइकभन्दा डिसलाइक बढी गरिएको थियो । ट्रेलर रिलिज भएको केही घण्टामै ट्रेलरलाई केही घण्टामै २ लाखभन्दा बढी डिसलाइक गरिएको छ । यो फिल्म २८ अगस्तमा डिज्ने प्लस हटस्टार मार्फत रिलिज हुँदैछ ।