वैज्ञानिकले दिए चेतावनी, कोरोनाबाट यस्ता महिलालाई धेरै खतरा !

वैज्ञानिकले दिए चेतावनी, कोरोनाबाट यस्ता महिलालाई धेरै खतरा !

कोरोना भाइरसको महामारी नेपालसहित विश्वका २१३ वटा देशमै व्यापक रुपमा फैलिएको छ । वैज्ञानिकहरु यसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पनि अहिलेसम्म पूर्ण रुपमा सफलता भने पाउन सकेका छैनन् ।

यसैबीच कोरोनाको बारेमा लगातार शोधहरु भईरहेका छन् । वैज्ञानिक तथा शोधकर्ताहरुले यसबारेमा विभिन्न शोधहरु पत्ता लगाएर हामीलाई जानकारी दिएका छन् ।

हालैमात्र गरिएको एक शोधका अनुसार गर्भनिरोधक औषधि सेवन गरिरहेकी महिलालाई कोरोना भाइरसको खतरा धेरै रहेको पत्ता लागेको छ । त्यसैले शोधकर्ताहरुले सतर्क रहन आग्रह गरेको छ ।

अमेरिकाको मेन हेल्थ नेटवर्कसँग जोडिएको रिप्रोडक्टिभ इण्डोक्राइनोलोजिस्ट डाक्टर डेनियल स्प्रयाटले यो जानकारी दिएका हुन् ।

उनका अनुसार जो महलिाहरु गर्भनिरोधक औषधि सेवन गरिरहेका छन्, उनीहरुलाई सतर्क रहन आवश्यक छ । यस्तो महिलाहरु कोरोना भाइरसको शिकार हुन सक्ने विशेषज्ञले बताएका छन् । किनभने गर्भनिरोधक औषधिमा एस्ट्रोजन हुन्छ ।

त्यसले शरीरलाई कमजोर बनाउँछ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ७ लाख ४६ हजार ३६६ जनाको मृत्यु भएको छ भने २ करोड ५ लाख ४४ हजार ४२४ जनालाई संक्रमण भएको छ भने १ रोड ३४ लाख ६१ हजार ६८३ जना संक्रमण मुक्त भएका छन् भने ६४ हजार ६६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।