अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा महेन्द्रनगर जेसिसले गर्यो अनाथालयमा रात्रीकालिन भोज कार्यक्रम

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा महेन्द्रनगर जेसिसले गर्यो  अनाथालयमा रात्रीकालिन भोज कार्यक्रम

 साउन २९, कंचनपुर । 
अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी महेन्द्रनगर जेसिजले बाल अनाथालयमा बुधबार रात्रीभोज कार्यक्रम सम्पन्न  गरेको छ । महेन्द्रनगर जेसिसले कंचनपुर महेन्द्रनगरमा रहेको महाकाली समाज कल्याण तथा बाल अनाथालयमा भएका आठ जना बालबालिकाहरुलाई रात्रीकालिन भोज खुवाएको हो । उक्त भोज कार्यक्रममा  जेसिसका पुर्व अध्यक्ष ( बर्ष २००८) प्रेम सिंह भाट कार्यक्रमका  प्रमुख अतिथि रहेका थिए भने महेन्द्रनगर जेसिस वर्ष २०२० का अध्यक्ष हरिश भट्ट कार्यक्रमका सभापति रहेका थिए ।  महेन्द्रनगर जेसिजका पुर्ब अध्यक्ष  जेसि प्रेम सिंह भाट लगायत पुर्ब अध्यक्ष  हरु सहित  बर्ष २०२० परिबारलाई धन्यवाद व्यक्त गर्दै वर्ष २०२० का अध्यक्ष भट्टले आगामी दिनहरुमा समेत सामाजिक कार्यहरु गर्दै जाने प्रतिबद्धता गरेका छ्न । कार्यक्रममा जेसिस वर्ष २०१८ का अध्यक्ष अमर बहादुर चन्द, निवर्तमान अध्यक्ष पदम बुढा, पुर्व अध्यक्ष लक्ष्मण भट्ट लगायत अन्य जेसिस पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । 
नेपाललगायत विश्वमा  अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ ।