महेन्द्रनगरमा भेटियो बम

महेन्द्रनगरमा  भेटियो बम

साउन २९,कंचनपुर । बिहिवार बिहान दुई बजे कंचनपुरमा  प्रेसर कुकर बम भेटिएको हो । जिल्लाको भीमदत्त नगरपालिका ४ भानुचोक सब्जिमण्डी नजिकैको रोडमा भेटिएको  प्रेसर कुकर बम  बिहान ७ बजे नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । उक्त बम भेटिएको ठाउँमा थारुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद कंचनपुरको पर्चा समेत भेटिएको र  उक्त पर्चामा नगर विकास समितिमा भूमाफियाहरुले गरेको भ्रष्टाचार अनि उनिहरुले गरेको सरकारी जमिन हिनामिनाबारे सचेत हुन भनिएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।