कंचनपुर प्रशासनको लापरबाही : भारतीय मालवाहक ट्रक महेन्द्रनगर बजारमा

कंचनपुर प्रशासनको लापरबाही : भारतीय  मालवाहक ट्रक महेन्द्रनगर बजारमा

साउन २९,कंचनपुर  ।
कंचनपुर प्रशासनको लापरबाहीले गर्दा कोरोना संक्रमणको जोखीम  बढेको छ ।   
दिनानुदिन बढीरहेको कोरोना संक्रमणको जोखिमका कारण नेपाल सरकारले सबै जिल्लामा सवारी पास रद्द गरेको भएतापनी  भारतबाट आएका मालवाहक ट्रक कंचनपुर महेन्द्रनगरमा भित्रीएका छ्न । भारतीय सवारी साधनहरुले केही दिनयता महेन्द्रनगरमा तरकारीदेखि अन्य समान भित्र्याइरहेको पाइएको छ । बिहीबार बिहानै भारतको महाराष्ट्रबाट एमपि ०७ एचबि ५६५२ नम्बरको भारतीय हेभि ट्रक केरा बोकेर महेन्द्रनगरको बालाजु फ्रुट सेन्टरमा पुगेको थियो । भारतबाट समेत कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै नेपाल सरकारले सिमानाका बन्द गरेको भएतापनी  भारत बाट आज बिहानै भारतीय मालवाहक ट्रक महेन्द्रनगर भित्रीएपछी कंचनपुरका विद्यार्थी नेताहरु बिरोधमा उत्रिका हुन ।
अनेरास्ववियू कंचनपुरका नेता कैलाशचन्द्र गिरीले कोरोना रोकथामका लागि सरकारले अपनाएका मापदण्ड विपरित केही व्यक्तिको समुहले सेटिङ्गमा धमाधम समान आयात गरिरहेको बताएका छ्न । 
कंचनपुरका विद्यार्थी नेताहरु फ्रुट सेन्टरमा पुगेपछि प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको थियो । फ्रुट सेन्टरका संचालकले भने अरु दिन पनि मालसामान आईरहेको बताउदै गुलरियाबाट पल्टी नगरे रै संघ र प्रहरीसंग समन्वय गरेर सिधै ल्याएको बताए । भारतबाट आउने  चालक र सवारी साधनहरु बाट कंचनपुरमा कोरोनाको को जोखिम बढ्ने भएकाले त्यसतर्फ प्रशासनले समेत  विशेष ध्यान दिनुपर्ने नेबिसंघ  कंचनपुरका नेता दिपेश जोशीले बताए । उनले भने सरकारले गरेको निर्णय बिपरित गई भारतीय सवारी साधनहरु नेपाल भित्र  मालसामान ल्याउने काम तुरुन्त रोक्नुपर्ने र  यस्तो कार्य नरोकिए कडा आन्दोलनमा उत्रिने समेत चेतावनी दिएका छ्न । 
कंचनपुर प्रशासनको लापरबाहीका कारण उक्त भारतीय ट्रक कंचनपुर भित्रीएको आरोप लगाउदै सचेत रहन आग्रह स्थानीयहरुले प्रशासनलाई आग्रह गरेका छ्न ।                                                                   केरा बोकेर आएको उक्त ट्रक प्रहरी को नियन्त्रणमा लिई खोजतलास भइरहेको र चालकको कोरोना चेकजाँच भएनभएको समेत प्रहरीले  बुझिरहेको प्रमुख जिल्ला अधिकारी नुरहारी खतिवडाले बताएका छ्न ।