कञ्चनपुरका पुर्ण साउदको लोभलाग्दो सफलता : केरा खेती बाट लाखौँको आम्दानी

कञ्चनपुरका पुर्ण साउदको लोभलाग्दो सफलता : केरा खेती बाट लाखौँको आम्दानी

गोकुल जोशी 
महेन्द्रनगर -‘एघार बर्षको उमेर हुँदा बुवाको स्वर्गवास भयो, घर परिवारमा कमाउने अरु कोहि थिएनन् । बुवाकै परिश्रमले धानेको थियो हाम्रो घर परिवार । बुवाको स्वर्गवास पछि आर्थिक अवस्था एकदमै कमजोर भयो । हामीलाई  खान लाउन समेत गाह्रो हुँदै गयो ।’  यसो भनिरहँदा उनि निकै भावुक देखिन्थे । उनि अर्थात् पुर्ण साउद  । 

*****
कञ्चनपुरका केरा कृषकहरुको लागि मात्रै नभएर विभिन्न पेशा, संघ–संगठन, राजनेता तथा व्यापारीहरुका लागि समेत परिचित र सफल नाम मानिन्छ, पुर्ण साउद । विगत २८÷३० बर्ष देखि निरन्तर केरा खेतीलाई नै सर्वश्व ठानि, केरासँग मितेरी गास्दै आएका साउद  अहिले धेरैको प्रेरणाका स्रोत बनेका छन् । 

साउद ले केरा खेति गर्ने भन्दै केराका बोट रोपे । गाँउलेहरु भन्थे ‘राम्रै उब्जनी हुने खेतमा यो केटाले के गर्न खोजेको होला ।’ 

कञ्चनपुर सदरमुकाम महेन्द्रनगर भन्दा केहि दुरी टाढा तिल्केनीमा बुवाको परिश्रमले किनेको एक कट्टा जमिनमा पहिलो चोटि नौलो काम गरे उनले । गाउँका सबै छक्क परे । सबैले आ–आफ्नो जग्गा जमिनमा धान रोप्दै थिए । साउद ले केरा खेति गर्ने भन्दै केराका बोट रोपे । गाँउलेहरु भन्थे ‘राम्रै उब्जनी हुने खेतमा यो केटाले के गर्न खोजेको होला ।’ 

*****

कञ्चनपुर जिल्लामा केराको पकेट एरिया लागु भयो । एडिवीको सहयोगमा केराखती गर्न चाहनेहरुले मौका पाउने भए । उनले पनि विज्ञहरुको सुझाव, सल्लाह र केरा खेतीमा मनग्य आम्दानी गरेका उदाहरणहरु बुझे । अब इच्छा त जाग्यो तर जग्गा भएन । आफुसँग भएको एक कट्टा जमिनमा भए पनि केरा खेतीको सुरुवात नगरी बस्नै सकेनन् साँउद । उता गाँउलेहरु भने नानाथरी भनेर कुरा हावामा उडाउथे । 

घर खर्च चलाउन गाह्रो हुदै थियो । दुई छोरा र छोरीलाई राम्रो स्कुल पढाउन सक्ने आर्थिक स्थिति थिएन । साँउदसँग अन्य कुनै विकल्प पनि थिएन । अन्य खेती किसानीबाट भन्दा केराखेती बाट केहि प्रगति र आर्थिक अवस्था सुधार हुने आशाका किरणहरु मनमनै पलाउथे उनका ।  नभन्दै एक बर्षको परिश्रम पछि कमाई राम्रो नै भयो । झन् उनको आत्मबल बढ्दै गयो । केरा खेतीलाई उनले एउटा लक्ष्य बनाए ।

*****

लगातारको ५ बर्ष सम्मको मेहनतले साँउदलाई आफ्नो जीवनस्तर  नै परिर्वतन भएको आभास भयो । ०६८/६९ मा जीमुवामा बिष्णुदत्त जोशीको ४ विघा जमिन भाडामा लिएर केरा खेती बढाउने प्रयत्नमा लागे उनि । एकै चोटी ठुलो परिमाणमा व्यवसाय गर्न खोज्दा, ‘ओभिओपी’को ‘एक गाँउ, एक उत्पादन’ कार्यक्रम र अन्य सम्बन्धित निकायहरुले समेत साँउदलाई सहयोग गरे । पाँच बर्ष सम्मको मेहनतबाट उनले राम्रो आम्दानी गरे । दश बर्ष अगाडि सामान्य घर खर्च चलाउन धौ धौ अवस्था रहेका उनि ६०/७० लाखको कारोबार गर्न थाले । आधुनिक व्यवसायीक केरा खेती नगरिकन परिक्षण कालमा नै साउदको जीवन झलमल्ल भयो ।  

पुर्ण साउद

साउदको अध्यक्षतामा ०७१ सालमा जिल्ला स्तरिय ‘केरा उत्पादन तथा प्रर्वद्धन कृषि सहकारी संस्था’ स्थापना भयो । सहकारीमार्फत केरा खेती गर्न चाहने कृषकहरुलाई सहयोगका साथ प्रोत्साहन गर्न थाले उनि । साँउदले पदम सुवेदीको सहयोगमा केरा खेती सम्बन्धि ‘बुकलेट’ र ‘इलम हेल्भेटास’ को सहयोगमा एउटा केरा खेती सम्बन्धि पुस्तक समेत प्रकाशन गरेका छन् । 
हाल कञ्चनपुर र कैलालीका केरा कृषकहरुका लागि प्रेरणा र उर्जाका स्रोत बनेका छन साउद । कञ्चनपुरमा मात्रै उनको सहकारी र सहयोगको घेराभित्र ४ सय ६० केरा कृषकहरुले ३ सय ५० हेक्टरमा जमिनमा केरा उत्पादन गरिरहेका छन् । 

पुर्ण साउद

व्यवसायिक  केरा खेती गर्ने कञ्चनपुरको पहिलो कृषक हुन, पुर्ण साँउद । हाल उनले भीमदत्त नगरपालिका–३ नौँलाखेतमा ५ बिघा जमिन भाडामा लिएर र भीमदत्त नगरपालिका– १० तिल्केनीमा आफ्नो  लगभग २ विघा जमिनमा केराखेती गरिरहेका छन् । नौँलाखेतको ५ बिघा जमिनमा उनले नमुना बगौचा तवरको थोपा सिचाँई प्रणालीबाट व्यवसाय गरिरहेका छन् । साउदको केराखेती संगै कञ्चनपुरको कृष्णपुर र पुर्नवासमा पनि एक÷एक ओटो नमुना बगौँचाहरु छन् ।

पुर्ण साउद

केरा कृषक साँउदले केरा खेती कै सफलताबाट आफ्नो परिवारको आर्थिक, सामाजिक र मानसिक स्थिती अब्बल बनाएका छन् । आज भोली उनको अवस्था र व्यवस्था दुवै फेरिएको छ । जेठो छोरालाई २० लाख खर्च लगाएर फ्रान्स पढ्न पठाएका छन, भने १२ लाखमा कान्छो छोरालाई जापानमा पठाए । कञ्चनपुर र कैलालीका लागि केरा खेतीको प्रयावाची बनेका पुर्णले मुसुक्क हास्दै भने ‘छोरीलाई एयर होस्टेज पढाउँछु ।’